७ लाख ३१ हजार घुससहित धनगढीका सहायक वन अधिकृत यादव रंगेहात पक्राउप्रेसपत्र प्रकाशित
२०८२ श्रावण ५, सोमबार धनगढी । डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयाेगकाे टाेलीले घुससहित रंगेहात पक्राउ गरेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयाेग महेन्द्रनगरकाे कार्यालयबाट खटिएकाे टाेलीले यादवलाई नगद घुस रकमसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
यादवकाे साथबाट घुसवापत लिएकाे नगद सात लाख ३१ हजार रूपैयाँ समेत बरामद गरिएकाे छ । यादवलाई अख्तियारकाे टाेलीले धनगढीस्थित डिभिजन वन कार्यालयबाटै पक्राउ गरिएकाे जनाएको छ ।
प्रतिक्रिया दिनुस