महेन्द्रनगर । कंचनपुरमा मोटरसाइकल र साइकल एक आपसमा ठाेक्किदा मोटरसाइक चालकको मृत्यु भएको छ भने अर्को साईकल चालक फरार रहेका छन्।
जिल्लाको बेदकोट नगरपालिका ९ कृषि चोक सुन्दरपुरमा आईतबार साझ ९ बजे मोटरसाइकल र साईकल एक आपसमा ाेमटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रवक्ता सागर बोहराले आभास डटकमलाई बताए । बोहराका अनुसार मृत्यु हुनेमा बेदकोट नपा ९ कृषि चोक बस्ने बर्ष ३५ का श्याम दमाई रहेको र साईकल चालक भने बेपत्ता रहेको बताइएको छ । साईकल चालकको खोजि भईरहेको बोहराले बताए ।
दमाईले चलाएको म २ प ४९९७ नम्बरको मोटरसाइकल र साईकल कृषि चोकमा एक ( आपसमा ठोक्कीएर दुर्घटनाको भएको स्थानीय
हरुको भनाई रहेको प्रहरीले जानकारी दिएा छन् । जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलिले बेपत्ता रहेका साईकल चालकको तीब्र गतिमा खोजिकार्य जारी राखेको र दुर्घटनाको बारे थप अनुसन्धान भईररहेको जनाएको छ ।