कञ्चनपुर, ६साउन    सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा १४ साउनमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनमा फेरी विवाद उत्पन्न भएको छ । मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता कार्यतालिका थियो । निर्धारित समयमै अखिल क्रान्तिकारी उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिमा पुग्दा नेवि संघले स्वतन्त्र विद्यार्थीले लगाएको ताला वार्ता भित्रै तोडिएको भन्दै वार्ताको माग अघि सारेको थियो ।

नेवि संघ नरेश पण्डित समुहले असहमतीका विच उम्मेदवारी दर्ता गर्न नहुने भन्दै अडान राखेको र अखिल क्रान्तिकारीले निर्वाचन समितिले तोके अनुरुप उम्मेदवारी दर्ताकोे माग अघि सारेका थिए । अखिल क्रान्तिकारीले उम्मेदवारी टुङगो लगाएर उम्मेदवारी दर्ताका लागि निर्वाचन समिति पुग्दा नेवि संघले विवाद झिकेपछि असहज अवस्था सृजना भएको थियो । नेवि संघ नरेश पण्डितले निर्वाचन समितिमा लगाएको तालाबारे कुनै वार्ता नभएको हुँदा समय माग गरेको बताए । अखिल क्रान्तिकारी नेता गणेश मिश्रले नेवि संघ नरेश पण्डितको समुहले चुनाव भाँडनका लागि गैर विद्यार्थी ल्याएर अनेकन बखेझा झिकेर अखिल क्रान्तिकारीको गठबन्धनमाथि जाई लागेको बताए । विद्यार्थी संगठन विच उम्मेदवारी दर्ताको विषयमा वाद विवाद उत्पन्न भएपछि केही बेरका लागि भन्दै सुचना नै जारी गरेर उम्मेदवारी दर्ता स्थगित गरेको छ ।

सुदुरपश्चिम विश्वविद्यालय स्थापना भएको १६औँ बर्षसम्म स्वतन्त्र विद्यार्थीकोे चुनाव हुन नसकेको भन्दै विद्यार्थीले चुनाव भाँड्न नपाईने चुनाव हुनुपर्ने माग अघि सारेका छन ।

विद्यार्थीहरुले गत बर्ष ०८१चैत्रमा हुने निर्वाचन पनि भाँडिएको र अहिले ०८२साउनमा हुने चुनाव विद्यार्थी बिरोधी समुहले भाँड्न खोजेको भन्दै चुनाव हुनुपर्ने माग अघि सारेका छन । अहिले पनि तीन स्वतन्त्र १० विद्यार्थी संघ संगठन समुह चुनावका लागि संगठन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुस