कञ्चनपुर, मंसिर १७ ,कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित आईबिआरडी बजारमा रहेको स्वदेशी लघुवित्तको कार्यालयमा गए राती बम बिस्फोट भएको छ ।उक्त बम बिष्पोटका कारण कुनैपनि भौतिक तथा मानवीय क्षति नभएको तर सामान्य कार्यालयमा मात्र क्षति भएको स्थानिय व्यापारी बिरबल गिरीले बताउनुभयो।

आस्थायी प्रहरी पोष्टका ईञ्चार्ज दान बहादुर साउद अनुसार घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टी, थारुवान जनपरिषद समिति कञ्चनपुरको पर्चा भेटीएको छ ।बम कार्यालयको सटरमा राखी लामो तार कार्यालयको पश्चिमपट्टी रहेको खालि ठाउँमा लगेर पटकाएको हुन सकने प्रराम्भिक स्थलगत अनुसन्धान बाट देखिएको बताए ।

घटनास्थल नजिकै फेला परेको पर्चामा मान सिंह थारु नाम गरेका ब्यक्तिले हस्ताक्षर गरेका छन । वित्तीय संस्थाहरुले गरेको दुर्व्यवहारका कारण महिला दिदिबहिनीहरुले चरम मानसिक तनाव खप्नु परेको कुरा पर्चामा लेखीएको छ ।तर कार्यलय पक्षले भने केही समय अघि चन्दा माग गरेका थिए, तर हामीले दिएका थिएनौ , सोहीदन देखी हाम्रा कर्मचारीहरुलाई पनि बारम्बार धम्कि आईरहन्छ त्यसैले यो बिष्पोट गराएको हुन सक्छ स्वदेशी लघुवित्तका पुनर्वास शाखाका व्यवस्थापक भवानी भट्टले बताए ।

घटनास्थल नजिकै प्राप्त पर्चामा संस्थाका कर्मचारीहरुले शासक बनी वितण्डा मच्चाउने गरेको आरोप लगाउँदै चेतावनी स्वरुप बिस्फोट गराईएको स्पष्ट पारीएको छ ।साथै अठार प्रतिशत चर्को व्याज नतिर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।घटना पश्चात् नेपाल प्रहरीले सुरक्षार्थ आफ्नो गस्ती बढाएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिंहले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुस