कञ्चनपुर ,मंसिर १७ ,राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले मातृभूमीका लागि राष्ट्रिय एकता हुनुपर्ने बताएका छन।
आज महेन्द्रनगरमा जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको ‘कालापानी’ अभियानको समापन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मातृभूमीका लागि राष्ट्रिय एकता हुनुपर्ने बताएका हुन् ।‘ हामिले कसैको एक इन्च भूमी लिन पनि नसकिने र कसैका लागि एक इन्च भूमी छोड्न पनि नसकिने बताए ।

अध्यक्ष केसीले सन् १९६२ मा चीन र भारतबीच भएको युद्धकै समयमा भारतले चीनसँग लड्न नसकेर दार्चुलास्थित नेपालको भूमी कालापानीमा सेना बसालेको बताए । ‘राजा, कांग्रेसकै पालादेखि भारतीय सेना कालापानीमा बसेको बताउँदै उनले कम्युनिष्ट सरकारका पालासम्म पनि भारतीय सेना हट्न नसक्नु विडम्वना भएको बताए । अध्यक्ष केसीले सार्वभौमसत्ता, राष्ट्रियता, अखण्डताको पक्षमा भन्दा पनि सौदाबाजी गरेर सत्तामा जाने प्रवृति हावी भएकै कारण नेपाली भूमी भारतीय पक्षबाट अतिक्रमण भएको विश्लेषण गरे ।

नेपालका शासकले जानी जानी भारतीय सेना हटाउन नसकेको अध्यक्ष केसीको दाबी थियो । अध्यक्ष केसीले भारतले मिचेको भूमी फिर्ता गर्नुपर्ने र कालापानीबाट सेना हटाउनुपर्ने माग अघि सारे ।

प्रतिक्रिया दिनुस