कञ्चनपुर,    नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग(वाईसियल)नेपाल कञ्चनपुरको इन्चार्जमा तिलक जप्रेल चयन भएका छन ।

वाईसियल जिल्लाका प्रभावशाली एव नेकपा माओवादी केन्द्र युवा नेता जप्रेल वाईसियल जिल्ला इन्चार्जमा चयन भएका हुन । वाईसियल केन्द्रीय समितिले जप्रेललाई जिल्ला इन्चार्जको जिम्मेबारी दिएको जनाएको छ । वाईसियलले सातै प्रदेश, ७७जिल्लामै इन्चार्ज एव सह इन्चार्जको जिम्मेबारी दिएको छ । सुप प्रदेशको इन्चार्जमा शिव बोगटी, सह इन्चार्जमा भुुवन कुँवर, सुरेन्द्र विक रहेका छन । वाईसियल कञ्चनपुर इन्चार्जको जिम्मेबारी पाएका युवा नेता तिलक जप्रेलले संगठनले दिएको जिम्मेबारी निर्भकताका साथ पुरा गर्दै युवाहरुका समस्या शसक्त रुपमा उठान गर्दै समाधान तर्फ पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस