कञ्चनपुर, साउन ८

कञ्चनपुरको बेदकोट नगरपालिका ७ गाउजीमा रहेको जनता माविको नयाँ भवन शिलान्यास गरिएको छ । बिहीबार एक कार्यक्रमका विच विद्यालयको नयाँ भवनकोे शिलान्यास गरिएको हो ।

जनता माविका शिक्षक महेश भट्टले सुदुरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालय मार्फत निर्माण हुने भवनको पुर्वमन्त्री एव प्रतिनिधी सभा सदस्य एनपी साउदले उद्घाटन गरेका छन ।

भवन उद्घाटन गर्दैै पूर्वमन्त्री साउदले शिक्षाको बृद्धि विकासका लागि भौतिक सरचना अपरिहार्य रहेको बताउँदै समयमै निमार्ण कार्य सकेर पठन पाठनमा जोडदिए ।

कार्यक्रममा बेदकोट नगरका मेयर भोजराज बोहरा, उपमेयर तुलसी जोशी, ७का वडाध्यक्ष थानेश्वर भट्ट लगायतका जनप्रतिनिधी, शिक्षक, कर्मचारी, अभिभाव सहितको उपस्थिति रहेकोे थियो ।

 

प्रतिक्रिया दिनुस