कञ्चनपुर,

उम्मेदवारी दर्ताकै दिन तालाबन्दी गरेको सत्ताधारी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले ताला खोलेको छ । तर चुनाव भने निर्वाचित समयमै हुने नहुने वारे अन्यौता नै छाएको छ । तीन दिन तालाबन्दीका कारण निर्वाचन कार्यतालिका नै प्रभावित छ । अब त्यही कार्यतालिका अनुरुप चुनाव हुन्छ वा सारेर हुन्छ भन्ने विषयमा अन्यौलता छाएको छ । विश्वविद्यालय स्थापना भएको १६ बर्षमा प्रवेस गर्दा हालसम्म चुनावको मिति घोषणा हुने अनेकन वाद विवादले चुनाव नहुने अवस्थाबाट गुज्रीएकाले अहिले ताला खुलेपनि अन्यौता भने कायमै छ । यस पटक तीन स्वतन्त्र सहित १० विद्यार्थी संघ संगठनले चुनावमा सहभागिताका लागि संगठन दर्ता गराएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १४ साउनमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनकोे कार्यतालिका तोकिएको थियो । जस अनुरुप ६ साउनमा उम्मेदवारी दर्ताकै दिन नेवि संघ नरेश पण्डित समुहले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको थियो ।

पण्डित समुहको नेवि संघले उम्मेदवारी दर्ताकै शुुरुवातदेखि निर्वाचनका विषयमा सहमती जनाउँदै अवरोध गर्दै आएको नेवि संघले दिउँसो नेवि संघका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेर कुटपिट गरेको भन्दै साँझ सुरक्षाको माग अघि सारेर तालाबन्दी गरेको थियो । नेवि संघ र सुदुरपश्चिम विद्यालयका पदाधिकारीविच बिहीबार वार्ता भएपछि ताला खोलेको नेवि संघले जनाएको छ । नेवि संघ केन्द्रीय सदस्य ईन्द्र साउदले नेवि संघ जिल्ला अध्यक्ष नरेश पण्डितमाथि कुटपिट घटनाको छानबिन, उपचार खर्च, नेवि संघका विद्यार्थीमाथि पेट्रोल छर्किएर आक्र्रामण गर्न खोजेको घटनाको छानबिनदेखि विद्यार्थीका हकहितका विषयमा विश्वविद्यालय सहमत भएपछि ताला खोलिएको जनाईएको छ । ‘विश्वविद्यालयले नेवि संघले उठान गरेका माग सम्बोधन गर्ने मौखिक सहमती पछि ताला खोलेका छौँ, ‘उनले भने, ‘हाम्रो चाहना तालाबन्दी गरेर चुनाव भाँडने होईन चुनाव गराएर विद्यार्थीको प्रतिनिधी सिनेटमा पठाएर विद्यार्थीका समस्या सम्बोधन गर्न वातावरण सृजना होस ।’

बुधबार अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल समाजवादी, बहुमत क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थी संगठनले निर्धातिर तोकिएको १४साउनमै चुनावको माग अघि सार्दै आएका थिए । उम्मेदवारी दर्ताकै दिन लपडा मच्चिएपछि विद्यार्थी संघ संगठन आ–आफ्ना गल्ती कमजोरीको आत्मसमिक्षाको साटो आरोप प्रत्यारोपमा उत्रिएका थिए । सुपविका अन्य आंगिक क्याम्पसहरुमा स्ववियु चुनाव भएपनि केन्द्रीय क्याम्पसमा जहिल्यै स्थगित भएपछि विद्यार्थी चिन्तित भएका छन । चुनाव नहुँदा झण्डै साढे तीन हजार बढी विद्यार्थीलाई आफ्ना नेता छान्ने सपना पुरा हुन नसेको छैन । चुनावका लागि विद्यार्थी संघ संगठनदेखि विश्वविद्यालय ईमान्दारदेखि जिम्मेबार बन्नुपर्नेमा आवाज उठिरहेको छ । सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसले सहज वातावरण निर्माण भएसंगै चुनावका लागि तयारी भईरहेको जनाएको छ । निर्वाचन समितिका संयोजक कर्णदेव भट्टले सबै पक्षबाट चुनावका लागि शान्तिपुर्ण वातावरण बनाउनुपर्ने अपिल गरेका छन । संयोजक भट्टले सम्बद्ध पक्षबाट चुनावका लागि आ–आफ्नोठाँउबाट आवश्यक सहयोग गरेर चुनाव गराउन सहज बतावरण तयारसंगै निर्वाचन समितिबाट तयारी जारी रहेको बताए ।

प्रतिक्रिया दिनुस