कञ्चनपुर
कञ्चनपुरको एक सामुदायिक विद्यालयले पुर्व शिक्षकलाई सम्मान गरेकोे छ । भीमदत्त नगरपालिका १३ बडैपुरको सिद्धनाथ माध्यामिक विद्यालयले पुर्व शिक्षक धनीदत्त पन्तलाई सम्मान गरेको हो ।
पन्त उक्त विद्यालयका पुर्व शिक्षक भएकाले सम्मान गरेको विद्यालयले जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टले हालै सेवा निवृत्त भएका शिक्षक पन्तलाई सम्मान गरिएको बताए । पन्तले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रमाण पत्र, आदा सहित सम्मान गरेको बताए । शिक्षक पन्त हाल पूर्णा मावि प्रद्यानाध्यापकको जिम्मेबारीबाट सेवा निवृत्त भएका थिए ।
सिद्धनाथ माविका अध्यक्ष महेश भट्ट, प्रद्यानाध्यापक जनक बहादुर बहादुर चन्द, लगायतका शिक्षक, कर्मचारी, अभिभावक विद्यार्थीले पन्तको सेवा निवृत्त जिवनको कामना सहित सम्मान गरेका थिए । शिक्षक पन्तले आफुले विगतमा सिद्धनाथ माविमा सेवा गरेको र अहिले सम्मानित हुन पाँउदा खुसी व्यक्त गरेको बताए ।
अँग्रेजी विषयका शिक्षक पन्तले शिक्षण पेशाको शुरुवात नै सिद्धनाथ माविबाट भएको र अहिले सेवाबाट निवृत्त भएपछि विद्यालयले गरेको सम्मानप्रति आभार प्रकट गरेका छन । सिद्धनाथ माविका प्रद्यानाध्यापक जनक बहादुर चन्दले शिक्षण पैशा कमाउने पेशा भन्दा सेवामुखी पेशा भएको समेत बताउँदै सेवा कालिन सेवा सफलतापुर्वक पुरा गरेकोमा बधाई ज्ञापन गरेका छन ।