कञ्चनपुर,

कञ्चनपुरको पुरानो परिचित शिव मन्दिरमा श्रृङगारिक महाआरती संचालन भएको छ ।

भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको शिव मन्दिर व्यवस्थापन समितिले गत शुक्रबारदेखि शिवधाम क्षेत्रमै श्रृङगारिक महाआरती संचालन गरेको जनाएको छ । शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर चन्द(गोकर्ण)ले साउन मासकोे पवित्र अवसरमा अभिषेकात्मक लघुरुद्री एव महाआरती संचालन भएको बताए ।

पहिलो दिन कलशयात्रा सहित नियमित बैद्धिक पुजन, अभिषेकात्मक लघुरुद्री, दैनिक महाआरती, भजन, कृर्तन सहितका धार्मिक कार्यक्रम भईरहेका छन ।

०३७ सालतिर सन्त राम गिरीले तपस्या गरेको र १९असार ०६०सालमा सन्त गिरीको निधन भएसंगै सोही स्थानमा समादी गरेको थियो । शिव मन्दिर व्यवस्थापन समितिका सल्लाहकार शिशिर थापाले जिल्लाकै पुरानो मन्दिरमा साउन महिना ऐतिहासिक महाआरती संचालन भएको बताए । सल्लाहकार धार्मिक, साँस्कृतिक एव साँस्कृतिक सरक्षणका लागि महाआरती सचालन भएको बताए । भारत लगायतका विभिन्न देशमा तपस्या गरेका सन्त स्व. राम गिरी ज्यूले हिन्दु राष्ट्र र राजा भएको देशमा समादी गर्नुपर्ने संकल्प अघि सारेपछि तपस्या गर्दा गर्दै शिव मन्दिरमै प्राण त्यागेपछि समादी पनि बनाएको बताए । संयोगले अहिले पनि नेपाली सन्त राम गिरी नै रहेका छन । राजेश थापा(खप्प्रेश्वर)ले मन्दिरको खटनपटनमा खटिएका छन ।

महिला अगुवा लक्ष्मी मल्लले महाआरती शान्ति, ज्ञान प्राप्ती पाईने हुँदा सहभागिताका लागि अनुरोध गरेकी छिन । महाआरतीको उद्घाटन गर्दैै भीमदत्त नगरकी उपमेयर निलम लेखकले धार्मिक शिव मन्दिरको धार्मिक पर्यटन प्रर्बद्धनका लागि पालिका सरकारले सक्दो सहयोगको बचन दिएकी थिईन । १९ साउनसम्मै संचालन हुने महाआरतीमा सहभागिताका लागि आयोजकले आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस