जगदीश

जयपृथ्वी नगरपालिका वडा नं ९चौड घर भएकी ४५बर्षिया रिता मगर स्नेही ले माइतिघर थाहा नहुँदा अहिले सम्म नागरिकता पाउन सकेकि छैनन्। जयपृथ्वी नगरपालिका ९चौडका लाल बहादुर स्नेही सगँ विवाह गरेकि रिताका दुई वटा छोरी छन्। उनले बिगत धेरै बर्ष देखि नागरिकता को लागि पहल गर्दा हालसम्म पनि उहाँले नागरिकता प्राप्त गर्ने सकेको छैन।

नागरिकता को लागि पटक पटक वडा र सिडिओ कार्यालयमा धाउँदा उनिहरु बाट जन्म दर्ता ल्याउ भनेपछि रिता को जन्म घर कहाँ र बुबा आमा को हुन् भने रिता लाइ जानकारी नहुँदा उहाँले हाल सम्म नागरिकता पाउन नसकेको उहाँका सिरमान लाल बहादुर स्नेही ले जानकारी दिए। उनका अनुसार रिता सानै हुँदा पाल्पा जिल्लाको तानसेन बजारमा फुपुको होटल बस्दि रहिछन्। त्यहाँ बाट उनि रोल्पा को मान्छे सँग कामको सिलसिलामा बझाङ आएकि हुन।तर उनलाई माइतिघर कहाँ हो भने कुनै थाहा नभएको बताइन्।

लाल बहादुर ले रिता लाई लिएर पाल्पा लगायतका ठाउँहरुमा बुझ बिस्तार गर्ने गए तर उनलाई ससुराली गाउँ को कुनै पत्तो लागेनन्।२०५९सालमा रिता र लाल बहादुर स्नेही को बिबाह बन्धनमा बाँधिए देखि र उनिहरू नागरिकता भहिदियो भने चाहाना मा छन्। तर अहिले सम्म उनको नागरिकता बनाउन सिडिओ हरुले कुनै साहास नगरिदिएको गुनासो छ। नागरिकता को लागि एक पटक जयपृथ्वी नगरपालिका वडा नं ९को कार्यालयमा सरोकार बालाको सरजिवन मुचुल्का गरिएको भएपनि नागरिकता को लागि वडा ले पनि सिफारिस दिन आनाकानी गरेको समेत स्नेही दम्पती को गुनासो छ। रिता को नागरिकता को लागि जिल्ला स्थित महिला अधिकार कर्मीहरु र संचार कर्महरु ले पहल गरिदिएको पनि उनिहरु ले बताउनुभयो। एघार वर्ष को उमेर मा बझाङ आएको हुँदा उहालाई पाल्पा मा फुपु सँग बसेको मात्र झिनो सन्झना छ।

उहाँ दुई जना दम्पत्ती को अनुसार हामि बिदेशी नागरिक होइनौ अहिले उनिहरु को दुई वटा छोरी समेत छन्।उमेर ले दुबै जना दम्पत्ती बुडा हुन थालि सक्यो कुनै अविस्वास नभएको उनको दाबि छ। उनका अनुसार आफुले नागरिकता पाउनुपर्ने माग रहेको छ। नागरिकता ऐन मा बुबा आमा नभएपनि नागरिकता पाउनुपर्ने कानुनी व्यवस्था रहेको छ।तर रिता ले अहिले सम्म नागरिकता प्राप्त गर्न सकेको छैनन्।यस विषयमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ। उनले नागरिकता नपाउँदा घरासिय काम देखि आर्थिक कारोबार मा निकै समस्या भएको देखिन्छ।

प्रतिक्रिया दिनुस