कञ्चनपुर

कञ्चनपुरमा सशस्त्र प्रहरी बल तस्कर बिरुद्धमा निर्मम देखिएको छ । सशस्त्र प्रहरीले तस्कर बिरुद्धमा डण्डा बजाउन लागेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरी र मातहत रहेका सशस्त्र प्रहरी बलका पोष्टले विभिन्न स्थानबाट समान बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरीका सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी) शंकर धामीले विभिन्न स्थानबाट २० लाख, ४४ हजार ४ सय रुपैया बराबरको समान बरामद गरेको बताए । सशस्त्र प्रहरीका डिएसपी धामीले भारतबाट अटोमा तस्करी गरिरहेको हार्डवेयर, किराना, ईलेक्ट्रोनिक गाडीका पार्ट, मोवाईल, लत्ताकपडा, कुखुरा, पेय पदार्थ बरामद गरेर भन्सार चलान गरिएको बताए ।

कञ्चनपुरमा सशस्त्र प्रहरी बलको एसपी लोकेन्द्र भट्टले कमाण्ड सम्हालेपछि सशस्त्र प्रहरीले तस्करसंग हिमचिम गर्ने होईन, तस्कर बिरुद्ध शुन्य सहनशिलता अपनाएर राजस्व छली बिरुद्धमा काम गर्न निर्देशन दिएका छन । सीमा चोरी तस्करी बिरुद्धमा समेत निरन्तर एक्सनमा उत्रिन समेत उर्दी जारी गरेका छन ।

प्रतिक्रिया दिनुस