भाेजराज जाेशी

कञ्चनपुर,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको अखिल नेपाल महिला सङ्घको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । नगर सम्मेलनले गिता महरलाई अध्यक्ष निर्वाचित गरेको छ।

शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका वडा प्रतिनिधिहरूको सहभागितासहित भएको नगर सम्मेलन बिहिबार कलवापुरमा सम्पन्न भएको हो। दोस्रो नगर सम्मेलनको प्रमुख अतिथिमा अनेम संघ सुदूरपश्चिम प्रदेश समितिकी सह-सचिव दुर्गा भट्ट रहनुभएको थियो। नगर अध्यक्ष गीता महरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ईश्वर सुनार, शुक्लाफाँटा नगर अध्यक्ष नरेन्द्र चौधरी, सचिव दीपकराज भट्ट, वाइसीएल कञ्चनपुरका अध्यक्ष तिलक जप्रेल र अनेम संघ कञ्चनपुरकी अध्यक्ष शान्ति शाही लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

शुक्लाफाँटाको कलुवापुरमा भएको दोस्रो नगर सम्मेलनले गीता महरको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा पेमा तामाङ, उपाध्यक्ष सावित्री चौधरी, सचिव कमला साउँद, सह-सचिवमा जानकी जोशी, कोषाध्यक्षमा कलावती लुहार लगायतका १७ सदस्य कार्यसमिति चयन गरिएको छ।

नगर कमिटीको सह-कोषाध्यक्षमा मञ्जु भट्ट, सदस्यहरूमा लक्ष्मी सार्की, बेसरी टमाटा, देउमती बोहरा, राधिका साउद, कलावती दमाई, हिरा बिष्ट, भागरथी साउद, सरस्वती भट्ट, पार्वती धामी र निर्मला हुम्ली चयन भएका छन् ।

नगर सम्मेलनले आगामी कार्ययोजनामा जिल्ला तथा प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने र वडा कमिटीहरू तथा टोल कमिटी गठन गर्ने निर्णय गरेको छ। साउन १५ गते नेपाली समाजको परम्परा अनुसार खिर खाने दिनका रुपमा पनि अखिल नेपाल महिला सङ्घका पदाधिकारीहरूले मनाएका छन्। दोस्रो नगर सम्मेलनमा सहभागीहरुलाई खिर खुवाएर सम्मेलन समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुस