हेमा भट्ट
कञ्चनपुर — कृष्णपुर नगरपालिका–९ को मोहनापुल राजघाट खण्डको कालोपत्रे सडक निर्माण सम्पन्न भएको एक महिनामै सडक भत्किन थालेको छ। हालैको वर्षासँगै सडकको कालोपत्रे च्यातिएको, माटो धसिएको र पानीको उचित निकास नभएको स्थानीयवासीहरूको गुनासो छ।
सडकको निर्माण कार्य ममता कन्स्ट्रक्सनले गरेको थियो। कम्पनीका सञ्चालकले सडकको उचाइ ६ मिटर रहेको तर दायाँबायाँ माटो भरान मात्र गरिएको स्वीकार गर्दै, “सडक विभागले संरक्षण गर्ने भनेको थियो, तर कार्यान्वयन भएको देखिँदैन,” भनेका छन्।
स्थानीयवासी भन्छन् —कालोपत्रे भयो तर संरक्षण छैन। पहिलोपटक वर्षा हुनासाथ सडक धसिनु र पिच फूट्नु भनेको लापरबाहीको परिणाम हो।
वर्षा संगै देखिएको समस्यापछि सडक डिभिजन कार्यालयका इन्जिनियरको टोली महेन्द्रनगरबाट खटाइएको थियो। निरीक्षणपश्चात् ठेकेदार, इन्जिनियर, स्थानीय र पत्रकारबीच छलफल भए पनि, त्यसपछि कुनै सुधार कार्य नभएको स्थानीयहरूको आरोप छ।
इन्जिनियरहरूले भने —सडकको संरक्षण जिम्मा मात्र सडक विभागको होइन, स्थानीय सरकार पनि उत्तरदायी छ। साझा जिम्मेवारीमा काम गर्नुपर्ने हो।”
तर बिजय ठगुन्ना (ममता कन्स्ट्रक्सन), सडक डिभिजन कार्यालय, र स्थानीय सरकार सबै पक्षको लापरबाही, कमजोर अनुगमन र जिम्मेवारीको कमीले गर्दा सार्वजनिक संरचना जोखिममा परेको देखिएको छ।
जनताले भने — भत्किएको सडक, मौन सरोकारवाला! स्थानीयको आक्रोश अनुसार, अहिले नै हस्तक्षेप नगरिए सडक पूर्णरूपमा जिर्ण बन्नेछ। यस्तो अवस्थामा सस्तो लोकप्रियता देखाउने कामको चर्को आलोचना हुन थालेको छ।