महेन्द्रनगर । कैलालीको धनगढी स्थित कमल रेस्टुरेन्ट एण्ड बारका संचालक कमल राना र कमला राना दम्पतीले छोराको जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । राना दम्पतीले छोरा अभिषेक रानाको २० औं जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् । हेमु बर्गर हाउसका संचालक दिपेस राना र समाजसेवी अंकित जोशीको पनि सहभागिता रहेको थियो।

भीमदत्त नगरपालिका-५ स्थित बनखेतमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रलाई राना दम्पतीले छोराको जन्मदिनको अवसरमा चामल, दाल, फलफुल, लगायत खाद्यान्न सहयोग गरेको अनेरास्ववियु कन्चनपुर जिल्ला सह-संयोजक बासुदेव भट्टले बताए ।

साथै संगै  वाशुदेव भट्टको परिवार समाज सेवी सक्रिय युवा महिला गायत्री भट्टको पनि शुक्रबार परेको आफ्नो जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्रलाई आवश्यक खाद्यान्न, फलफूल लगायतका सामाग्री सहयोग गरिएको बताए ।।

प्रतिक्रिया दिनुस