कञ्चनपुर,

भीमदत्त नगरपालिका वडा नम्बर १९ मा रहेको राना समाज कृषक समूहको ९ औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

समूहका अध्यक्ष वीरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १९ का वडा अध्यक्ष जग्गुराम चौधरी थारु प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा वडा सदस्य, भलमन्सा, समूहका पदाधिकारी, बचत सदस्य लगायतका कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा समूहको विगत एक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी वर्षका योजना र कार्यक्रमहरूबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले कृषिमा देखिएका चुनौतीहरू, सम्भावना तथा समुदायमा आधारित सहकारी अभ्यासका बारेमा आफ्नो विचार राखेका थिए।

कार्यक्रमको समापनमा अध्यक्ष रानाले समूहको निरन्तर विकास र सदस्यहरूको सक्रिय सहभागिताको लागि सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा झन प्रभावकारी ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

राना समाज कृषक समूहले विगत ९ वर्षदेखि कृषकहरूको आर्थिक सशक्तिकरण, बचत र ऋण कार्यक्रम तथा प्राविधिक ज्ञान आदानप्रदानमा सक्रिय भूमिका खेल्दै आएको छ।

प्रतिक्रिया दिनुस