शंकरदत्त अवस्थी

कञ्चनपुरको कृष्णपुर नगरका मेयर हेमराज ओझाले जंगलबाट गाँउमा पसेको घाईते चित्तललाई उद्दार गरेर सफा नियतकासाथ पालेको बताएका छन । शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चित्तल पालनबारे उठेका विषयमा मेयर ओझाले आफूले ‘सफा नियत’ का साथ मात्र चित्तल पालेको दाबी गरेका छन्।

नगरप्रमुख ओझाले नगरपालिकाभित्र घाइते चित्तललाई उपचार गरेर पालिएको खुलासा गर्दै, यसको उद्देश्य कुनै अवैध कारोबार नभएर वन्यजन्तुप्रतिको समवेदना मात्र भएको स्पष्ट पारेका छन । मेयर ओझाले चित्तल घाइते अवस्थामा भेटिएपछि पूर्व डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मौखिक जानकारी गराएर नगरपालिका भित्र सुरक्षित खोर निर्माण गरी पालन गरिएको बताए ।

“कानुनी प्रक्रिया नपुगेको हुन सक्छ, तर हाम्रो नियतमा कुनै खराबी छैन,” उनले भने, “स्थानीयको जोडबलमा हामीले चित्तललाई बचाउने प्रयास गरेका हौं।” मेयर ओझाले कामका दौरानमा देखिएमा समान्य त्रृटीलाई लिएर केही मान्छेहरुलाई मुद्दा बनाईरहेको बताउँदै विकास निर्माणमा अघि बढिरहेको बताए । मेयर ओझाले नगर अस्पताल, पुतली बजारको कल्र्भट, कर्मचारी जनप्रतिनिधीलाई ईन्धन सुविधा अधिल्लो सरकारकै पालादेखि भएकाले अब व्यवस्थित गर्दै जाने बताए । सामुदायिक विद्यालय सुधारदेखिका पूर्वाधार विकास कार्यक्रम अघि बढाएको मेयर ओझाले बताए । मेयर ओझाले नगर सुधारका कार्यक्रम संचालनमा जोडदिइए ।

प्रतिक्रिया दिनुस