कञ्चनपुर मंसिर २३ ,नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले डडेल्धुरामा भारतीय हस्तक्षेप बिरुद्ध प्रर्दशन गरेको छ । सोमबार अखिल क्रान्तिकारी डडेल्धुरा र सेती महाकाली समन्वय समितिको संयुक्त आयोजनामा डडेल्धुरा रहेको भित्रीमधेशका विभिन्न क्षेत्रमा प्रर्दशन गरिएको हो । अखिल क्रान्तिकारी सेती महाकाली ब्यूरो संयोजक बिरेन्द्र शाहले सीमा रक्षाका लागि क्रान्तिकारीले जिल्ला जिल्लामा जागरणका लागि विद्यार्थीहरुले प्रर्दशन गरिरहेका बताए ।

अखिल क्रान्तिकारी डडेल्धुराका शकर खातीले सम्बोधन गर्दै सीमा रक्षाका लागि संघर्षको चेतावनी दिए । क्रान्तिकारीले सीमा रक्षाका लागि भन्दै प्रतिबन्धका बाबजुतपनि जिल्ला जिल्लामा प्रर्दशन जारी राखेको नेता शाहले बताए । भारतले दार्चुला स्थित नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो नक्सामा राखेको भन्दै क्रान्तिकारीले आन्दोलन गर्दै आएको छ । नेपाली भूमी फिर्ता नहुन्जेलसम्म आन्दोलन जारी हुने क्रान्तिकारीको चेतावनी छ । शिमा रक्षाका लागि नेकपा क्रान्तिकारी माआवादी निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले देशै भरि प्रर्दशन र आन्दोलन जारी राखेका छन ।

प्रतिक्रिया दिनुस