कञ्चनपुर मंसिर ३०, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यालय भवनको शिलान्यास गरिएको छ।एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा निर्माण हुने नगरपालिकाको भवनको सांसद नरबहादुर धामी र नगरप्रमुख दिलबहादुर ऐरले संयुक्त रुपमा आज एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन्।

१३ करोड ८४ लाख ५९ हजार ६ सय ९९ लागत अनुमान गरिएको नगरपालिका भवन नौ करोड ९१ लाखमा शर्मा एन्ड कम्पनी प्राइभेट लिमिटेड सीतापाइला, काठामाडौँले निर्माणको जिम्मा लिएको छ।आधुनिक सुविधासम्पन्न भूकम्प प्रतिरोधी दुईतले भवनमा सानाठूला गरी ३६ कोठा निर्माण हुनेछन्। कार्यालय भवन निर्माणको कार्य दुई वर्षमा पूरा गर्ने लक्ष्य दिइएको छ।

सांसद धामीले नगरपालिकालाई आधुनिक र विकसित शहरका रुपमा विकास गरिने बताए।
नगरपालिकाको गौरवको योजनाअन्तर्गत भवन निर्माणलाई पनि राखेका थियौँ, जसको आजबाट निर्माणको शुरुबात गरिएको बताए।

प्रतिक्रिया दिनुस