कञ्चनपुर पौष २ ,कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत सुकासालमा हिजो भएको दुर्घटनामा मृत्युका आफन्तले पूर्व पश्चिम राजमार्ग महेन्द्रनगरको भाषीमा सडक जाम गरेका छन । आफन्तहरुले सडकमा टायर बालेर सडक अबरुद्ध गरेका छन ।

हिजो  महेन्द्रनगर देखि गड्डा चौकी तर्फ गइरहेको डिएल १ आरटी ८९४२ भारतीय नम्बरको जीपले गड्डाचौकीदेखि महेन्द्रनगर बजारतर्फ आइरहेको म २ प ९४९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट भीमदत्त नगरपालिका– ४ भगतपुरका मोटरसाईकल चालक गोरे तामाङको उपचारको क्रममा मृत्यु भएको हो।आफन्तहरुले चालकलाई कानुनि दायरामा ल्याउन र क्षेति पुर्तीको माग राखेका छन ।

 

प्रतिक्रिया दिनुस