बैतडी पुष २ ,बैतडीको पुर्चौडी नगरपालिका ६ सनगाँउमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा गम्भीर घाइते प्रहरी जवान सुदिप श्रेष्ठको अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको हो। आज बिहान म १ ज ३२९ नं को जिप सनगाँउमा सडकमै जीप पल्टीएर दुर्घटनामा प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
जीप सवार अन्य यात्रुको अवस्था भने समान्य रहको छ । धनगढी घर भएका श्रेष्ठ विदा सकेर श्रीमति र छोरीसहित पुचारैडीको हाट प्रहरी चौकी जाँदै गरेका थिए । गम्भीर घाइते प्रहरी जवान सुदिप श्रेष्ठकोअस्पताल नपुग्दै बाटोमै मृत्यु भएको डडेल्धुरा अस्पतालका नि.मे.सु.डा. डव्वल सिह वुढाले बताउनुभयो । घटनापछि जिप चालक पूर्णान्द बडूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुस