कैलाली पौष २ , सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको अत्तरियामा यस बर्ष पनि बिगतका बर्ष झै महोत्सव हुने भएको छ । “सम्बृद्ध सुदुरपश्चिम प्रदेशको आधार कृषी, पर्यटन र ब्यापार” भन्ने मुल नाराका साथ अत्तरिया उधोग बाणिज्य संघको आयोजनामा यहि पुस २७ गते देखी माघ ७ गते सम्म पाचौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सब हुने भएको हो
आयोजक अत्तरिया उधोग बाणिज्य संघले बुधबार उद्योग बाणिज्य संघको सभाहल बनखेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सबका बारेमा जानकारी गराएको हो । महोत्सबलाई भब्य र सभ्य बनाउनका लागि एक महिना अगाडी देखी नै पुर्बतयारी गर्र्न थालेको उनले बताए । उनले महोत्सबका लागि बिभिन्न समिती बनाएर तयारी तिब्र भैरहेको बताए । बिगतका बर्षहरु भन्दा यस बर्ष केहि फरक बनाउने उनले बताए । अत्तरियामा रहेको लामी तालमा डुड्गाको ब्यबस्था , बृद्धबृद्धा तथा अपाड्गहरुलाई टिकटमा छुटको ब्यबस्था रहेको उनले बताए ।
महोत्सवमा दर्शकहरुको मनोरञ्जनका लागि यस बर्ष सुदूरपश्चिम प्रदेशका नवउदयमान कलाकारहरुलाई प्राथमिकता दिदै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष देवकोटाले बताए । महोत्सबमा १ सय ५० ओटा बिभन्न खाले स्टलहरु रहने बताउदै उधोग बाणिज्य संघका अध्यक्ष देवकोटाले यस बर्ष होटलका स्टलहरु भने कम गर्दै स्टलमा सुदूरपश्चिममा उत्पादन भएका बस्तुहरुलाई पहिलो प्रथमिकता दिएको जानकारी गराए ।
यस्तै सुदुरपश्चिम प्रदेशका सबैजिल्लाका भेषभुषा , रितिरिवाज ,चालचलनलाई समेट्ने गरी महोत्सब स्थलमा समाबेशी स्टलहरु रहने जानकारी गराए । करिब ८० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको महोत्सब अबधिभर १ लाख भन्दा बढि दर्शकहरुले अबलोकन गर्ने अनुमान गरिएको देवकोटाले बताए ।
यस्तै १० दिन सम्म संचालन हुने महोत्सब अबधिभर लगभग ३ करोड रकम बराबरको कारोबार हुने अपेक्ष गरिएको अध्यक्ष देबकोटाले बताए । महोत्सब अत्तरिया स्थित लामी ताल परिसरमा हुने छ भने महोत्सब हेर्नका लागि सर्बसाधारणका लागि ५० र बिधार्थीहरुका लागि ४० रुपैया टिकट कायम गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० सफल पर्न यस क्षेत्रका पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार , प्रदेशको अर्थतन्त्र, कला संस्कृतिको संरक्षण समबद्र्धनका साथै यस क्षेत्रको विकासमा टेवा पुराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बताए

महोत्सब अबधिभर सुरक्षा ब्यबस्थामा निकै कडाई गरिने अत्तरिया उधोग बाणिज्य संघले जनाएको छ । आफुहरु सिकाइकै क्रममा रहेकाको बताउदै उधोग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सबलाई भब्य ,सभ्य र शन्तिपुर्ण रुपमा सम्पन्न गर्न यस बर्ष सुरक्षा ब्यबस्था चुस्त दुरुस्त पारिने जानकारी दिए । उनले यसका लागि सुरक्षा निकायसंग समन्ब्य भैरहेको बताए ।

प्रतिक्रिया दिनुस