गोकुल निरौला,
केहिदिन पहिले ओली सरकारको मन्त्रीमण्डल फेरबदल भएको छ । फेरबदल गरीएको मन्त्री मण्डलमा मधेश आन्दोलनका बेला नेपाली टोपि जलाउने नै नेपाल सरकारका मन्त्री भएका छन । मधेश आन्दोलनका बेला पाहाडि र मधेरी बिच विवाद भड्काउन नवनियुक्त श्रम मन्त्री रामेश्वर राय यादवलाई सर्लाहि जील्लको हरीवनमा विवादित भाषण संगै नेपाली टोपि जलाएको आरोप लगाईएको थियो । मिटर ब्याजीको पृष्ठभुमिमा हुर्केका नवनियुक्त मन्त्री रामेश्वर राय यादवले मन्त्री भएपछि देशलाई भ्रष्टचार मुक्त बनाउने घोषण समेत गर्न भ्याएका छन । भ्रष्टचार मुक्तहुनु देशको लागी राम्रोकुरो हो भने भाषणले मात्र मुक्त र ब्यवहारमा लागु नहुँदा चिन्ता लिनु स्वाभाविकै हो । २०५३ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा करिब सात महिना कानुन, वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी समाल्दा गैंडा बेचेको आरोप लागेका यादवले स्वदेशमा रोजगारी सृजना गरि,युवालाई बिदेश पलाएन हुन बाट रोक्छु भनेर भाषण गरीरहेका छन ।

नेकपाभित्र लोकप्रिय र भलादमी युवा नेताका रुपमा चिनिएका गोकर्ण बिष्टलाई बिस्थापित गर्दै रामेश्वर राय यादव श्रम तथा सामाजिक सुरक्षा मन्त्री भएका छन । राय मन्त्री भएपछि म्यान पावर व्यवसायी खुसीको दिन फर्किएको भन्दै सल्बलाएका छन् । हुनत मन्त्री राय आर्थिक मामलामा मात्र हैन अवसरको खोजीमा सधै पार्टि परीत्याग गर्ने नेता भित्र पर्दछन । नेपालको राजनीतिक परिवर्तनसँगै यादवले सरकारी जागिर छाडेर २०४१ सालमा सद्भावना पार्टीमा प्रवेश गरे । २०५२ मा कानुन मन्त्री र पछि समाजकल्याण र वनमन्त्री बनेका यादव २०६४ को मधेश अन्दोलनसँगै मधेसी जनअधिकार फोरममा आईपुगेका थिए ।

मधेसी जनअधिकार फोरममा बाट २०७० सालमा समानुपातिक तर्फबाट सभाषद बनेका थिए । फोरम भित्रको विवादसँगै नेता राय विजय कुमार गच्छदारको लोकतान्त्रिक फोरममा प्रबेस गरे । उनले लोकतान्त्रिक फोरममा पार्टीको वरिष्ठ उपाध्यक्ष पद हातपारेका थिए । वरिष्ठ उपाध्यक्ष रहेका राय गत स्थानीय तह निर्वाचनताका माओवादी केन्द्रमा प्रवेश गरेपछि उनको राजनीति एकाएक फेरियो र रायले नवप्रवेशी नेताकै हैसियतमा सर्लाहीको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट पाएका थिए । मधेश आन्दोलनमा नेपाली टोपिलाई जलाउने उनै नवनियुक्त श्रम मन्त्री रामेश्वर राय यादवले नेपाली दौरा सुरुवाल र ढाकाटोपी लगाएर सपथ लिएका छन् । युवा नेताका रुपमा चिनिएका गोकर्ण बिष्टलाई बिस्थापित गरेपछि उनले टोपि जलायको ईतिहास विर्सदै दौरा सुरुवाल र कालो भादगाउँले टोपीमा सपथ लिन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए ।

यो दहि चिउरो ब्यवहारले पनि मन्त्री रायको आचरण प्रस्ट हुन्छ अवसर पाएपछि कति चाडो रंग परीरहेका हुन्छन भन्नेकुरा । नवनियुक्त मन्त्रीले आफुअनुकुल समय र पार्टी बनाउनकै लागी जुन दल तराई मधेसमा बलियो छ त्यतै गए । उपेन्द्रसँगको मनमुटावपछि विजय गच्छदारले जब फोरम फुटाएर लोकतान्त्रिक फोरम बनाए, यादव पनि हिँडे । उनी गच्छदारको पार्टीको उपाध्यक्ष बनाइए । पार्टीमा गच्छदारपछिको भूमिकामा (वरिष्ठ उपाध्यक्ष) रहेका उनी गत स्थानीय तह निर्वाचनताका सपरिवार माओवादी केन्द्रमा प्रवेश गरे । छोरा विक्रमलाई तत्कालीन माओवादीबाट टिकट दिलाएर चक्रघट्टा गाउँपालिकाको अध्यक्ष बनाए । बुवा बिलट राय यादव अहिले पनि गाउँमा मिटरब्याजको कारोवार गरीरहेका छन । गोकर्ण बिष्टलाई बिस्थापित गर्दै रामेश्वर राय यादव श्रम तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा आएपछि म्यानपावर व्यवसायी खुसीको दिन फर्किएको भन्दै सल्बलाएका छन् ।

राय मन्त्री भएकै बेला सामाजिक संजालमा उनको फोटो भाईरल भएको थियो । चिनिया राजदुतले रायलाई भेट्दा रक्सी उपहार लिएका थिए । उपहार लिन अगाई रहेका यादव राजनितिको आडमा जनताको काम गरेबाफत पनि उपहार लिने केहि उनि निकट नेताहरु बताउछन । मिटर ब्याजको संस्कारमा हुर्केका रायले सर्लाहि देखि काठममाण्डौ सम्म आउने युवाहरुको काम गराईदिए बाफत रानो तिनो उपहार लिएरै छाड्ने आरोप लगाएका छन । फिरन्ते राजनितिमा सद्भावना पार्टी हुदै नेकपामा पुगेका यादवले हालै श्रम मन्त्री भएपछि विभिन्न म्यानपावर व्यवसायी बाट पैसा उठाएको समाचार संचारमध्यम हरुमा आएका थिए ।

बनमन्त्री हुदा गैडा तस्करीको आरोप लगोका यादवले श्रम मन्त्रीहुदा नेपाली श्रमीकको हितमा काम गर्दछन भन्नेकुरामा संका उब्जेको छ । राजनितिमा सधै पावरमा र शक्तीको नजिक बस्न चाहाने यादवले २०५३ सालमा मन्त्री हुँदा हालका राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतो स्वकीय सचिव थिए । त्यसबेला सद्भावनामा महतो नेता भइसकेका थिएनन् । निर्वाचनमा संघठानिक मत भन्दा जातिय मुद्दालीएर अगाडी आउने यादवले नेकपामा प्रवेस भएपछि पनि जातिए भोटकै आधारमा निर्वाचन जित्न सफल भएका थिए । मन्त्री हुँदा पनि गाँउमा कुनै विकासे कार्यक्रम गरेको भन्दै सामाजीक छबि बिग्रेका यादवले नेकपामा प्रेवेस पछि पनि बुवा विलट को पैसा र छोरा विक्रमको पावरको आडमा निर्वाचनमा बढीनै उपयोग गरेका थिए । दलित,मुस्लीस,जनजाति र न्यायमा पहुच नपुगेका सर्वसाधाहरण संग राजनितिक आडमा काम गरीदिए बाफत आर्थिक कलेक्सन गर्ने श्रस मन्त्री यादवले दलाल म्यानपावरलाई कानुनि दायरामा ल्याउछु भन्नु भ्रमको खेति मात्रै हो ।

प्रतिक्रिया दिनुस