काठमाडौ पौष ६ , नेपाल कम्युनिस्ट पार्टी नेकपाले नेपाली भूमि अतिक्रमण गरेर जारी गरेको भारतीय राजनीतिक नक्सा अस्वीकार गर्दै भारतसँग कुटनीतिक वार्ता गर्न निर्देशन दिएको छ । सात दिनसम्म बसेको पार्टी स्थायी समिति बैठकले उक्त निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन । प्रवक्ता श्रेष्ठका अनुसार नेपाली भूमिमा भारतीय पक्षले राखेका सुरक्षाकर्मी हटाउनुपर्ने तथा लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा भएका सीमा समस्या समाधान गर्न सरकारलाई पहल गर्न आग्रह गरेको छ ।

‘महाकालीको मुल लिम्पियाधुरा रहेको र त्यो सहित कालापानी र लिपुलेकसहित नेपालको भू–भाग रहेको, त्यो भू–भागलाई भारत आफैंले परराष्ट्रमन्त्रालयमार्फत समाधान खोज्ने भनेर एकपक्षीय रुपमा भारतले जारी गरेको नक्सालाई अस्वीकार गर्ने गर्ने निर्णय गरेको छ’ प्रवक्ता श्रेठले भताए ।
भारतले गत २ नोभेम्बरमा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी क्षेत्रलाई समेटेको थियो । जसको नेपालमा नेकपा क्रान्तिकारी माआवादी, नेकपा विप्लव ,जनमोर्चा लगायतका राजनैतिक दलहरुले तीव्र विरोध प्रदर्शन गर्दै आएका छन ।रातो पाटी बाट

प्रतिक्रिया दिनुस