कञ्चनपुर पौष ७ , स्वतन्त्र र सक्षम न्याय पालिका नेपाल बार एशोसिएशनको भुमिका भन्ने नाराका साथ कञ्चनपुरमा नेपाल बारको ६४औं स्थापना दिवस समारोह भव्य सम्पन्न भएको छ । रत्न बहादुर बिष्ट स्मृति कक्षमा कार्यक्रम सम्पन्न भएको अधिवक्ता तथा बारका सदस्य कृष्ण दत्त जोशीले जानकारी दिनुभयो ।

उच्च अदालत बार एशोसिएशन महेन्द्रनगरका अध्यक्ष उद्वव राज भट्टको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल बार एशोसिएशन केन्द्रीय उपाध्यक्ष उमेश प्रसाद बिष्ट बिशिष्ट अतिथि बरिष्ट अधिवक्ता थानेस्वर भट्ट द्वय पुर्ण बहादुर चन्द रहेका थिए । त्यस्तै कार्यक्रममा दार्चुला बारका सचिव दया कृष्ण पन्त कञ्चनपुर जिल्ला बारका अध्यक्ष प्रकाश पाण्डे कैलाली जिल्ला बारका पदम राज शर्मा उच्च बार महेन्द्रनगरका पुर्व अध्यक्ष शिव राज पाण्डे,टेक बहादुर कठायत, भूपेन्द्र बिष्ट, गजेन्द्र रावल रहेका थिए ।

कार्यक्रमका बिशिष्ट अतिथि बरिष्ट अधिवक्ता थानेस्वर भट्टले नेपाल बार एशोसिएशनको ६४औंं बर्षको इतिहास र त्यस पूर्वको कानुन व्यवस्थाको विकासक्रम बारे चर्चा गर्नुभएको थियो ।

त्यस्तै प्रमुख अतिथि बारका केन्द्रीय उपाध्यक्ष उमेश प्रसाद बिष्टले नेपाल बारको वर्तमान गतिविधिका बारेमा चार्च गर्दै नेपाल बार अव संघिय संरचनामा जानेर चाडै नेपाल बारको पादेसित स्रुपमा हुने बताउनुभयो ।

अधिवक्ता दल बहादुर बोहराले स्वागत मन्तव्य राख्नु कार्यक्रममा उच्च अदालत बार एशोसिएशन अध्यक्ष उद्धव राज भट्टले बारका बर्तमान गतिविधि बारको आगामी कार्यको बारेमा चर्चा गर्दै कानून व्यवसायीको निकासका लागि आगामी दिनहरूमा सहकार्यको वातावरण ससृजना हुने बिस्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुस