दैलेख पौष ६ , आफ्नै घरबाट गएराति स्थानीय सरकारका प्रमुख अपहरणमा परेका छन् । हिजो शनिबार राति साढे १२ बजेतिर दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती लिला शाही अज्ञात समूहको अपहरणमा परेका हुन ।

ठाटीकाँध गाउँपालिका अध्यक्ष दम्पती उक्त दिन आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित मानिसहरुको समूहद्धारा अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ,

अध्यक्ष शाहीको घरमा १५ जनाको अज्ञात समूह मध्यराति आएर अपहरण गरी लगेको सूचना पाएपछि प्रहरीले उनीहरुको खोजिकार्यमा विशेष फोर्स परिचालन गरेको बताएको छ ।

अपहरणको खबर आए लगत्तै हामीले खोजि कार्यमा ध्यान दिएका छौं जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपि हरी ओलीले भने अहिले त्यहि विषयमा छलफल भैरहेको छ । सम्भवत अपराधी छिट्टै पक्राउ पर्छ, हामी निरन्तर खोजिमा जुटेका छौं ।’

डिएसपि ओलीले अपहरणमा संलग्न को हुन भन्ने विषयमा खुल्न नसकेको भएपनि अनुसन्धान प्रकृया अघि बढाइएको र अपहरणकारी उम्कन नसक्ने दावी गरे । उक्त घटनामा विप्लव नेकपाका नेताहरुको संलग्नता रहेको हुनसक्ने कतिपयको आशंका रहेको भएपनि त्यो अझै पुष्टि भने भएको छैन् ।उक्त घटनामा विप्लव नेकपाले समेत औपचारिक रुपमा आफ्नो जवाफ दिएको छैन । अहिले अपहरणको घटना बाहिरीएसँगै बिहानैदेखि दैलेखमा स्थानीयहरु चिन्तीत बनेका छन् ।हरपल बाट

 

प्रतिक्रिया दिनुस