बैतडी पौष ५ ,बैतडीको सुर्नया गाँउपालिकाले उपाध्यक्षको कोसेलो कार्यक्रम ल्याएको छ । गाउँपालिका भित्र रहेका हजार दिने आमाहरुलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामग्री बितरण गर्ने गरि उक्त कार्यक्रम ल्याइएको हो ।

हजारदिने आमाहरुलाई पोषणको आवस्यकता पर्ने भएकाले घरपरिवारले समेत खासै चासो नदेखाउने हुदाँ गाँउपालिकाका तर्फबाट पोषणयुक्त खानेकुरा उपलब्ध गराउने गाँउपालिका उपाध्यक्ष लिला बिष्टले बताउनुभयो ।

महिलाहरु सुत्केरी भएकाबेला पोषणयुक्त खानेकुरामा ध्यान नदिने गरेको उहाँको भनाइ छ । आफुहरुले पोषणयुक्त खानेकुरा उपलब्ध गराइदिएमा उनका घरपरिवारले समेत त्यसैको सिको गरुन भन्नका लागी बितरण गर्न लागेको बताए।

यसका साथै ४५दिन सम्मका सुत्केरी महिलाहरुलाई कम्बल समेत बितरण गरिने उपाध्यक्ष बिष्टले बताउनुभयो । उक्त कार्यक्रमका लागी चालु आर्थिक बर्षको बजेट बाट १०लाख रकम छुट्याइएको छ ।

प्रतिक्रिया दिनुस