कञ्चनपुर,

सुदूरपश्चिम र काठमाण्डौँ विश्वविद्यालयको युथ म्यापरविच सम्झौता भएको छ । सुप र काठमाण्डौँ विश्वविद्यालयमा रहेका युथ म्यापरविच सम्झौता भएको हो । सुपवि युथप्यापरका अध्यक्ष किरण भट्टले काठमाण्डौँ युथम्यापरका अध्यक्ष प्रतिमाथापाविच सम्झौतामा हस्ताक्षर गरिएको बताए । उनका अनुसार नक्सांकन र समुदाय–आधारित अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ ।

दुई पक्षीय सम्झौता अन्तर्गत दुवै संस्थाले संयुक्त नक्सांकन गतिविधि, ज्ञान तथा सीप आदान–प्रदान, क्षमता अभिवृद्धि लगायतका कार्यहरूलाई प्राथमिकतामा राख्नेछन्। यसलाई भविष्यमा विद्यार्थी तथा युवामाझ खुला नक्सांकन प्रवद्र्धन गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। विशेषज्ञहरूले यस सहकार्यलाई नक्सांकन क्षेत्रमा चासो राख्ने विद्यार्थीहरूका लागि ठूलो अवसर र उपलब्धिको रूपमा मूल्याङ्कन गरेका छन्। साथै, यसले समुदाय–आधारित पहलमार्फत दीगो प्रभाव सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुस