कञ्चनपुर :सञ्जु महर

पाँचदिनदेखिको लगातार अबिरल बर्षासंगै जिल्लाको पश्चिम भूभाग क्षेत्रमा रहेको जगबुढा नदीले दुई ठाँउमा बाँध भत्काएको छ । जगबुढा नदीले दोधाराचाँदनी नगरपालिका ३ पटराखल्ला र सोही नगरपालिका १० शान्ति टोलमा बाँध भत्काएर गाँउ नदी गाँउ उर्लिएको हो ।

स्थानीय युवा तमान सिह गुरुङ्गले ठेकेदारले कमजोर बाँध निर्माण गरेकाले सिमसिमे बर्षासंगै नदीमा आएकोे वाढीले बाँध भत्काएर गाँउ पसेको बताए । ‘सोमबारदेखि जगबुढा पटराखल्ला र शान्ति टोलबाट गाँउ छिरेको थियो, ‘उनले भने, ‘अहिले पनि भत्किएकै स्थानबाट पानी गाँउतिर बगिरहेको छ, नदीकोे सतह घटेपनि पानी निरन्तर बगिरहेकै छ ।’ शान्ति टोलमा बाँध भत्किएर नदी गाँउछिरेपछि झोलुङ्गेपुल पनि जोखिममा परेको बताए ।

उत्तर दक्षिणी भएर बग्ने महाकाली उत्तरदक्षिणबाट पुर्वीतिर बग्ने जगबुण नदीको संगम स्थल कुतियाकबर क्षेत्रमा समेत कटानी भईरहेको छ । स्थानीय टेक बहादुर सुनारले हरेक बर्षको दुवै नदीको वाढीले कुतियाकबर क्षेत्रमा उर्बराभूमि कटानी गर्दै आएको बताए । ‘तटबन्धका लागि तीनै सरकार गुहार्दा समेत कुनै सुनुवाई हुँदैन, ‘उनले भने, ‘तटबन्ध नै निर्माण नभएपछि हरेक बर्ष उर्बराभूमि नदीमा परिणत हुँदैछ ।’

दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले जगबुढा नदीमा बलियो तटबन्ध निर्माण नहुँदा कतै पुरानो तटबन्ध भत्किएर, कतै नहुँदै कटानीदेखि ओभरफुलु पानी भएर गाँउ पने गरेको बताए । मेयर लिम्बुले गत ठेकेदारले काम नगरेपछि तटबन्ध निर्माण हुन नसकेको बताए । जगबुढा गाँउ उर्लिएपछि सशस्त्र प्रहरीका दुई बिओपी सहित ५२ घरपरिवार डुवानमा परेर विस्थापित भएका छन ।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराका अनुसार दोधाराचाँदनी नगरपालिका ३ पटराखल्लाका १२ परिवारका ५५ जना, सोही नगरपालिका ८ रामपुरे टापुका २५ परिवारका ७० जना र १० शान्ति टोलका १५ घरपरिवारका ५५जना गरी १सय ८० मानिस विस्थापित भएका हुन । उनीहरु नजिकैको सुरक्षित स्थानमा सारिएका छन । गत विगतका बर्षहरुमा पनि पटराखल्ला, सुन्दनगर, शान्ति टोल, रामपुरे टापुकै स्थानीय विस्थापित भएका थिए ।

जमिन नै डाउन सायन भएकाले उनीहरु हरेक बर्ष बर्षातका बेला डुवानमा पर्दैै आएका छन । भुजेला खोलाले भीमदत्त नगरपालिका ११ चौकीसाताका ५ परिवार विस्थापित भएका छन । मंगलबार पनि कञ्चनपुरमा बिहानैदेखि बर्षा भएपछि वाढी प्रभावित देखि उच्च जोखिममा रहेका स्थानीय त्रसित भएका छन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै थप उद्दार, राहतदेखि अझैपनि मौषम प्रतिकुलै रहेकाले जगबुढा, महाकाली, चौधर, मोहना सहित नदीखोला नाला तटिय क्षेत्रका स्थानीय सचेत रहन आग्रह गरेका छन । बर्षा नरोकिएपछि कञ्चनपुरको जनजिवन समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुस