केशव थापा
कञ्चनपुर,
कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्थ छन । आउँदो शनिबार २१ भदौँमा हुन लागेको निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको निर्वाचनका लागि युवा निर्माण व्यवसायी कार्की जिल्ला मुकाममा व्यस्थ रहेका हुन । संघमा उनी आफ्नो सिङ्गो टिम पुष्पराज अवस्थी नेतृत्वको प्यानल जिताउनका लागि मत माग्न खटिएका छन ।
जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रकोे भुगोलबाट सघको पदाधिकारीमा उनी एक्ला उम्मेदवार हुन । यस अघि १४औँ कार्य समितिको निर्वाचनबाट सदस्य पदमा सानदारका साथ जित हासिल गरेका युवा निर्माण व्यवसायी कार्की अहिले पदाधिकारी सहकोषाध्यक्षको दौडमा आफ्नो अपराजित यात्रा तय गर्न लागेका छन ।
डेढ दशकदेखि निर्माण व्यवसायी क्षेत्रमा सकृय कार्की केदार निर्माण सेवा प्रालिका संचालक हुन । उनले स्थानीय स्तरदेखि जिल्ला बाहिर समेत निर्माण क्षेत्रमा कामकाज सफलतापुर्वक गरेका छन । सरकारीदेखि सार्वजनिक निकायबाट पाएको काम समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्दै जिम्मेबारी निर्वाह गरेका कार्की अहिले संघकै पदाधिकारीको जिम्मेबारीमा जान खोजेका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरको सहकोषाध्यक्षका उम्मेदबार चित्र बहादुर कार्कीले आम निर्माण व्यवसायीहरुको साझा हकहितका लागि काम गर्ने एजेण्डा लिएका छन । उनले साना व्यवसायीहरुले खेप्दै आएका समस्या पहिचान गर्दै आगामी दिनमा भुक्तानीदेखिका काममा देखिने झन्झट हटाउँदै सबै व्यवसायीहरुलाई मर्यादित, भयरहित वातावरणमा कामकाज गर्नका लागि पहल गर्ने प्रतिज्ञा गरेका छन । ‘संघमा पनि धेरै साथी व्यवसायीहरु छुटेका छन, उनीहरुलाई पनि संघमा आबद्ध गराउँदै संस्थागत हित विकास गर्दै स्वच्छ निष्पक्ष, पादरर्शी, सम्मानित पेशा पाउने मेरो संकल्प छ, ‘उनले भने, ‘यही एजेण्डा साथ हामी चुनावमा होमिएका छौँ, हामीलाई अहिले विश्वास गरे त्यही अनुरुप आम व्यवसायीहरुको हकहितमा काम गछौँ ।’