केशव थापा
कञ्चनपुर । कञ्चनपुरको एक क्याम्पसमा संचालक समिति चयनका लागि निर्वाचन हुन लागेको छ । जिल्लाकोे दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका २ मा रहेको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पस संचलन समिति चयनका लागि निर्वाचन हुन लागेको होे ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पस संचालक समिति चयनमा अभिभावक(क्याम्पसका सदस्य)विच सहमती हुन नसकेपछि चुनावी प्रकृयाबाट छनौट गर्न लागेकोे क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पसको चौथो संचालक समिति चयनका लागि २१ भदौँ(शनिबार) निर्वाचनको मिति चयन गरिएको छ ।
क्याम्पस प्रमुख प्रयागराज जोशीले त्रिविको विद्यान अनुरुप क्याम्पसबाट एक जना मात्रै छनौट गरेर माथि पठाउनुपर्ने प्रावधान अनुरुप क्याम्पसमा पटकपटक सहमती हुन नसकेपछि अध्यक्ष सहितका अन्य सदस्य छनौटका लागि चुनावी प्रकृयामा जानु परेको बताए । अध्यक्षका लागि ईश्वरीदत्त भट्ट, पवन कुमार जोशी र पुष्पकमल पण्डित चुनावी मैदानमा होमिएका छन ।
यस अघि अध्यक्ष समेत रहेका भट्ट फेरी क्याम्पस हाक्ने योजनाका साथ अघि बढेका छन । स्वास्थ्यकर्मी समेत रहेका पवन कुमार जोशीले बेलडाँडीको उच्च शिक्षा सुधारका लागि नेतृत्व लिन चाहेका छन । भने, पुर्व विद्यार्थी एव निवर्तमान बेलडाँडीका जनप्रतिनिधी पुष्पकमल पण्डितले पनि गाँउको उच्च शिक्षा सुधारका लागि नेतृत्व लिन चाहेका छन ।
भट्ट, जोशी र पण्डित मध्ये निर्वाचितलाई अनुमोदनका लागि क्याम्पसले त्रिविलाई पत्राचार गरेपछि त्रिविकै सहमती अनुरुप तिनै व्यक्ति क्याम्पस संचालक समितिकोे अध्यक्ष बन्नेछन । ५ खुला सदस्यका लागि मदनसिह खत्री, नरेन्द्र बहादुर रोकया, महेश विष्ट, सुकन्दराज सोती, चक्र बहादुर शाह, भुवनेश्वर पण्डित, बीर बहादुर विष्ट, बीर बहादुर बडुवाल, सञ्जिव विक्रक सिह(धुव्र), बेद प्रकास जोशी र महेशराज जोशीले उम्मेदवारी दर्ता गराएका छन ।
२ महिला सदस्यका लागि कमलादेव कार्की, लोकमाया जेठारा, कलावती देवी बम, कृष्णा गिरी, २ बुद्धिजिवी सदस्यका लागि बीर बहादुर सिह(ठकुरी), राम प्रशाद जैसी, जयलाल भट्ट, राधाकृष्ण पाठकले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै आदिवासी, जनजाती, दलित सदस्य तर्फ लक्ष्मण सुनार निर्बिरोध निर्वाचित भएका छन । सुनारको मात्रै एकल उम्मेदवारी परेपछि उनी स्वत निर्बिरोध निर्वाचित भएका हुन । १८ बर्ष अघि अर्यात ०६४ सालमा ग्रामिण भेगका विद्यार्थीलाई शिक्षा गाँउमै दिलाउने उदेश्यले स्थापना भएकोे उक्त क्याम्पस सुधार बृद्धि विकासका लागि नेतृत्व लिन चाहेको बताईरहेका छन । कुल १सय ७२ मतदाता रहेको क्याम्पसमा यस पटक चुनावी महोलले तातेको छ । अभिभावकहरुले क्याम्पस सुधारका लागि अगुवा नेताहरु गम्भिर हुनुपर्नेमा जोडदिएका छन ।