कञ्चनपुर,
आशन्न शनिबार निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुदैछ ।
संघको १५औँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको छ । समितिको नेतृत्व, पदाधिकारी, सदस्यका लागि युवादेखि बरिष्ठ निर्माण व्यवसायी चुनावी मैदानमा होमिएका छन । यही विचमा युवा निर्माण व्यवसायी दीपिन कार्की(दीपक) पनि सदस्य पदका लागि होमिएका छन । यस अघि १४मा पनि होमिएका उनले राम्रो जनमत ल्याएपनि मेरिट लिष्टमा पर्न नसक्दा सदस्यबाट बञ्चित भए, अहिले उनी फेरी सदस्यकै दौडमा देखिएका छन । पहिलो पटकको असफलतालाई दोस्रो पटक सफलतामा पु¥याउने अठोटका साथ कार्की चुनावी मैदानमा होमिएका हुन । कार्कीले युवाको शक्ति राष्ट्रिय विकासको गति मुलमन्त्र लिएका छन ।
दिपिन विल्र्डस प्रालिका प्रबन्ध निर्देशक कार्कीले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीकै ०७६÷०७७ सालतिर महाकाली प्रादेशिक अस्पतालको ५०सैयाको भवन महिनादिनमै निर्माण गरेर हस्तान्तरण गरेका थिए ।
एक दशकदेखि निर्माण व्यवसाय क्षेत्रमा काम गरेका उनले जिल्ला बाहिरपनि विभिन्न जिल्लाहरुमा योजना काम गरेका थिए । विभिन्न समाजिक संघ सस्थामा आबद्ध कार्की समाजसेवीपनि हुन । उनले निर्माण व्यवसायका माध्यमबाट देशको दीगो विकास सम्बृद्धि ल्याउन सकिने सकल्पका साथ कामकाज अघि बढाएका छन ।
कार्कीले आफु संघको जिम्मेबारीमा गएपछि सस्थागत विकासका योजना अघि बढाउने बताए । ‘सशक्त निर्माण संघ, सानादेखि ठुला व्यवसायिक हकहित फिल्डमा देखिएका समस्या समाधान गर्नका लागि स्वदेशमै स्थापित हुनुपर्छ, युवा राज्यकै लागि चाहिने जनशक्ति हो, हजुरले मलाई विश्वास गर्नुहुनेछ, ‘उनले भने, ‘सबै व्यवसायीहरुलाई समान व्यवहार समन्वय गरेर अघि बढ्छु । सबल निर्माण व्यवसायी संघ स्थापनाका लागि भूमिका निर्वाह गर्छु ।’ कार्कीले सबै मतदाताहरुमा सहयोगका लागि हार्दिक अपिल गरेका छन ।