कञ्चनपुर । जेनजीको आन्दोलनमा सरकारले नरसंहार गरेको बिरोधका कञ्चनपुरमा आन्दोलन चर्किएको छ । बिहानैदेखि यातायात, उद्योगी, व्यवसायी, विद्यार्थी युवाहरुले आन्दोलन चर्काएका छन । स्वतस्फुर्त उठेको आन्दोलनकारीहरुले हत्यारा सरकार विद्यार्थी, बालबालिका मार्न नपाईने भन्दै आगजनी, तोडफोड गरेका छन ।

सत्ताधारी नेपाली काँग्रेस, नेकपा एमालेको पाटी कार्यालयमा तोडफोड, फर्निचर समाग्री तोडफोड आगजनी गरेका छन । हत्यारा गृहमन्त्री रमेश लेखकले राजिनामा मात्रै दिएर केही नहुने कानुनी कार्बाहीको माग अघि सारेर पाटी कार्यालयमा आगजनी गरेका हुन । भीमदत्त नगरपालिका मुल गेटमा तोडफोड आगजनी गरेका छन ।

भ्रष्टाचार रोक्न नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको मुल गेटमा समेत तोडफोड गरेका छन । आन्दोलनका कारण कञ्चनपुरका शिक्षणसंस्था, उद्योग, व्यवसाय यातायात क्षेत्र पूर्ण प्रभावित भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जिल्लाको सक्दो शान्ति सुरक्षा प्रबन्ध मिलाएको बताए । आन्दोलनकारी कुनैपनि हालतमा ओली सरकारको बर्हिगमन नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुस