बिकाश सिंह महता

कैलाली

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको सुदूर पश्चिमाञ्चल क्याम्पसले एन्फा केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ लाई भब्य स्वागत गरेको छ।

सोमबार सुदूर पश्चिमाञ्चल (एसपिए) क्याम्पस ले सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा क्याम्पसमा अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत केन्द्रीय कार्यसमिति पदाधिकारीहरु लाई एक कार्यक्रमका साथ भब्य स्वागत संगै सम्मान गरेको हो।

सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद क्षेत्रमा सधै अग्रसर रहने गरि एसपिए एकेडेमीको माध्यमबाट खेलकुद लाई अग्रसर बनाउदै शिक्षाको माध्यम बाट अगाडि बढिरहेको एसपिए क्याम्पसले खेलकुद लगायतका अतिरिक्त कार्यमा समेत जोड दिदै आइरहेको छ।

एन्फा अध्यक्ष नेम्वाङले भन्नू भयो, यो सम्मान आंशिक रुपमा ग्रहण गरेको छु, जुन क्याम्पसले दिनुभएको यो मायाको सधै कदर गर्दै खेलकुद क्षेत्रमा पुगाउनु भएको योगदानको सम्मान गर्दै आगामी दिनमा थप प्रगतिको समेत शुभकामना दिनु भयो।

कार्यक्रमका सभापतित्व क्याम्पसका मेनेजिङ डाइरेक्टर (एम.डि) सुबाश शाहि, प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका (एन्फा) केन्द्रीय अध्यक्ष पंकज बिक्रम नेम्वाङ रहनु भएको थियो। भने उक्त कार्यक्रममा एन्फा केन्द्रीय सदस्य बिकास नारायण श्रेष्ठ, मणिराज बिष्ट, पुरुष्तम थापा र सरिला श्रेष्ठ, मनिश जोशी सदस्य, टीका लामा, भोजराज शाही सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहरा,कञ्चनपुर जिल्ला फुटबल संघ अध्यक्ष गणेश बहादुर चन्द कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल कार्यसमिति पदाधिकारी, क्याम्पस प्रमुख लगायत शिक्षक,विद्यार्थी खेलप्रेमिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुस