कञ्चनपुर,
बझाङ्कका एक पत्रकारमाथि ज्यान मार्ने धम्की आएको छ । बझाङ्कका पत्रकार उत्तम कुमार थापामाथि व्यवसायी सन्तोष भण्डारीले ज्यान मार्ने धम्की दिएका हुन । व्यवसायी भण्डारीले आफु देउरा बजारकोे डन भएकाले पत्रकार थापालाई समाप्त पारिदिने धम्की दिएको जनाएका छन । पत्रकार थापाले केही दिन पहिले मदिराका विषयमा समाचार लेखेका थिए । प्रेस सेन्टर बझाङ्कका उपाध्यक्ष समेत रहेका थापालाई व्यवसायी भण्डारीले दिएको पत्रकार संघ संगठनहरुले बिरोध जनाएका छन । प्रेस सेन्टर सुप प्रदेशका महासचिव तेजराज भट्ट, प्रेस सेन्टर नेपाल बझाङ्कका सचिव अञ्जु खडका, प्रेस चौतारीका सचिव बचनराज जोशीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्कीको भत्र्सना गर्दै पत्रकार थापाको सुरक्षाको माग अघि सारिएको छ ।
प्रतिक्रिया दिनुस