नवलपरासी पौष ३ , क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा – नेपाल जिल्ला संगठन समिति पश्चिम नवलपरासीले सिमा अतिक्रमणको बिरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधवार सो मोर्चाका जिल्ला संयोजक राजु प्रसाद खनालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको हो ।

पश्चिम नवलपरासीको सुस्ता भुमिमा भारतीय पक्षले गरेको सिमा अतिक्रमण तथा सिमाक्षेत्रको दशगजामा भारतीय सुरक्षाकर्मीले अस्थायी चेकपोष्ट बनाएको भन्दै मोर्चाले ध्यानाकर्षण स्वरुप ज्ञापनपत्र बुझाएको जिल्ला संयोजक खनालले जानकारी दिनुभयो । उक्त ज्ञापनपत्रमा उच्च राजनैतिक एंव कुटनैतिक पहलद्धारा लिम्पियाधुरा सम्मको भुभाग फिर्ता गर्नुपर्ने र कालापानीबाट भारतीय सेना फिर्ता गर्न माग गरिएको छ । त्यस्तै ज्ञापन पत्रका राष्ट्रियता , राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति भारतीय पक्षबाट नांगो हस्तक्षेप भएको उल्लेख गरिएको छ । सो ज्ञापनपत्रमा राष्ट्रियताको बिषयमा सरकार गम्भिर नभए जनतालाई साथ लिएर जस्तो सुकै संर्घष गर्न तयार हुने चेतावनी समेत दिइएको छ । देजमोको सो ज्ञापन पत्रमा लिम्पियाधुरा बाहेकको भारतद्धारा उत्पादित नक्सा तीनवटै तहका सरकारका कार्यालयमा टागिएको भन्दै त्यसलाई दुखद एंव राष्ट्रघाती कदम भनिएको छ । ज्ञापनपत्र बुझेपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले राष्ट्रियताको बिषय गम्भिर रहेको बताउदैं ज्ञापनपत्रलाई तुरुन्त प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनुभयो ।
ज्ञापनपत्र पछि छलफलका क्रममा नेकपा ९ क्रान्तिकारी माओवादी ०का जिल्लास्तरका नेताले जिल्लाको रहेको बिकृति बिसंगति एंव भष्ट्रचार तथा बिभिन्न जनताका गुनासोलाई प्रशासन समक्ष राख्दै त्यसका न्युनीकरण गर्न प्रमुख जिल्ला अधिकारी मरासिनीसंग आग्रह गरेका थिए ।
क्रान्तिकारी माओवादीका प्रदेश सदस्य तथा जिल्ला सचिव छविलाल खरेल , प्रदेश सदस्य क्षेत्रबहादुर थापालगायतले जनगुनासोलाई राख्दै न्युनीकरण गर्न आग्रह गर्नुभएको थियो । त्यसको जवाफमा प्रजिअ मरासिनीले नागरिक र प्रशासन मिलेर बिकृति न्य्ुनीकरण गर्न सकिनेमा जोड दिदै आफूले त्यसलाई सकारात्मक र गम्भिरतापुर्वक लिएको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीमा नेताहरु प्रेमलाल रिमाल, युवा नेता सुर्य प्रसाद सापकोटा , थारु मोर्चाका केन्द्रीय सचिव दुर्गा नारायण थारु , रवि पुन, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रवि पाण्डेय, महासंघका जिल्ला अध्यक्ष संजय तिवारीलगायतका बिभिन्न संचारमाध्यम आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । मुलबाटो बाट

प्रतिक्रिया दिनुस