कैलाली, पौष ४, सिमा रक्षाका लागि नेकपा (क्रान्तिकारी माओवादी )कैलाली जिल्ला पार्टीले प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ । नेकपा क्रान्तिकारी माओवादीपार्टीले कैलाली जिल्ला जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमंत्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको देजमो नेपालका केन्द्रिय सदस्य तथा शुदुरपश्चिम प्रदेश सदस्य टंक कोईरालाले जानकारी दिनुभयो ।
सरकारले अन्तराष्ट्रीय रुपमा कुटनीति पहल मार्फत सिमा विवाद समाधान गर्नु पर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादीले देशैभरी जिल्ला प्रशासन कार्यालय बाट ज्ञापन पत्र बुझाईएको छ ।

राष्ट्रीय स्वाधीनता र सिमा रक्षाका लागि सरकारको ध्यानाकर्षक गराउन नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको नेकपा क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस