बैतडी पौष ४, सिमा रक्षाका लागि नेकपा क्रान्तिकारी माओवादीले बैतडी जिल्लामा बिरोध प्रर्दशन गरेको छ ।आज नेकपा क्रान्तिकारी माओवादी पार्टीले बैतडीको गोठलापानीमा बिरोध प्रर्दशन तथा कोण सभा गरिएको छ ।  बैतडीको गोठलापानीमा बिरोध प्रर्दशन तथा कोण सभा गरिएको नेकपा क्रान्तिकारी माओवादी बैतडी जिल्ला सदस्य महानन्द भट्टले जानकारी दिनुभयो । ।

कोण सभा सम्बोधन गदै नेकपा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी जयलाले राष्ट्रीय स्वाधीनता र सिमा रक्षाका लागि जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । भारतले कालापानी , लिपुलेक ,लेम्पियाधुरा लगायतका भुभागमा गरेको हस्तक्षेत्रको सरकारले अन्तराष्ट्रीय रुपमा कुटनीति पहल मार्फत सिमा विवाद समाधान गर्नु पर्ने बताउनुभयो ।

कोण सभाको सञ्तालन नेकपा क्रान्तिकारी माओवादी पार्टी बैतडीका युवा नेता टिकाराम ओडले गरेका थिए । सिमा रक्षका लागि देशैभरी थुप्रै आन्दोलन भए पनि सरकारले अहिले सम्म कुटनैतिक पहल गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुस