कञ्चनपुर,

भ्रष्टाचार र समाजिक सञ्जाल बिरोधमा सडकमा उत्रिएका जेनजी आन्दोलनको मौका छोपेर विभिन्न व्यक्ति समुह चोरी डकैती, आगजनीमा संलग्न भएका छन । जेनजी आन्दोलनमा एक सामुदायिक विद्यालयका शिक्षक पनि आन्दोलनमा मात्रै होईन चोरीमा पनि संलग्न भएका हुन ।

देशकै चर्चित कालिका मानव माध्यामिक विद्यालयका एक शिक्षक चोरीमा प्रत्यक्ष संलग्न भएको पाईएको हो । २४भदौँमा भएको हिन्सात्मक, विध्वङसात्मक आन्दोलनमा सहभागि भएका शिक्षक शिवसंकर शुक्ला चोरीमा संलग्न भएको स्वयम विद्यालयले पुष्टी गरेको छ । शिक्षक शुक्लाले भाटभटेनी सुपरमार्केटबाट विभिन्न समाग्री चोरी गरेको फोटो , भिडियो सार्वजनिक भएपछि विद्यालयलले उनलाई कार्बाही गरेको छ । प्रद्यानाध्यापक दिनेश थापाले हस्ताक्षर गरेको कार्बाही पत्रमा शिक्षक शुक्लाले गैर कानुनी पेशागत मर्यादा विपरित काम गरेको भन्दै जागिरबाटै निकालिदिएको छ । शिक्षकको हकहितका पक्षमा विद्यालय ऐनको माग अघि सार्दै आएका शिक्षक मुलुक विषम परिस्थितिका बेला यसरी निष्कृष्ठ चोरीमा संलग्न भएपछि चौतर्फि आलोचना भईरहेको छ । यसरी चोरी गर्ने शिक्षकबाट के शैक्षिक गुणस्तरको अपेक्षा भन्दै विद्यालयले मात्रै कार्बाही होईन कानुनी कार्बाहीको माग अघि सारिएको छ ।

प्रतिक्रिया दिनुस