कञ्चनपुर,
२४ मंगलबार जेनजी आन्दोलनले कञ्चनपुर रणभूमि बन्यो । पहिलो दिन शान्त रहेको आन्दोलन दोस्रो दिन जिल्लाका विभिन्न ठाँउ ठाँउमा आकासभरी धुवाको मुस्लो मात्रै देखियो । व्यक्तिका घरदेखि सार्वजनिक सम्पत्ती लुटपाट, तोडफोड एव आगजनी जस्तो बिध्वङ हुँदा पनि मानविय तर्फ कुनै क्षति भएन । सुरक्षा निकाय सयमित भएपछि आन्दोलनकारी र राज्य तर्फ समान्य घाईते पनि भएनन, गम्भिर र मृत्युको त कुरै छाड्छौँ ।
तर, आन्दोलन तीनदिन पछि मानिस ज्यान गुमाउन थालेका छन । कञ्चनपुर कारागारबाट भागेका कैदीदेखि आन्दोलनमा सहभागि मानिसहरु मृत भेटिनुदेखि आत्महत्या गर्न लागेका छन । शनिबार बिहानै बेदकोट नगरपालिका ४ बैतडाका २८ बर्षिया युवक नरेश धानुकले घरमै झुण्डिएर आत्महत्या गरेका छन ।
धानुकले फेसबुक लाईमै आएर आफ्नै कोठामा झुण्डिएको भिडियो समाजिक सञ्जालमा भाईरल भईरहेको छ । झुण्डिनु अघिदेखि झुण्डितासम्मै फेसबुक लाईभमै आएर धानुकले आफुलाई काँग्रेस नेता एव बेदकोट ४ का वडा सदस्य अमर बोहराले जेनजी आन्दोलनमा गएको भन्दै कुटपिट गरेपछि मर्न बाध्य भएको बताएका छन । बोहरा समुहले जेनजी आन्दोलनमा जान्छन, भन्दै टाउकोमा प्रहारदेखि नाङगै बनाएर कुटपिट गरेपछि आफुलाई कसैले साथ नदिएको भन्दै झुण्डिन बाध्य भएको बताएका हुन ।
उनले आफुलाई कसैले पनि साथ नदिएको बताउँदै अन्तिममा गुडबाई, लाष्ट सर्ट भन्दै प्रण त्यागेका छन । धानुकमाथि कसैले कुटपिट वा धाक धम्की दिएपनि सुरक्षाकर्मी, न्यायालय सहितका सरोकारवाला निकाय भएपनि आत्महत्या समस्याको समाधान नभएको भन्दै धारणा अभिव्यक्त गरिरहेका छन । धानुकको प्राण त्याग्ने निर्णयसंगै घर परिवार आफन्त शोकाकुल भएका छन । कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले मृतक धानुकले नै लाईभ गरेको भिडियो विश्लेषण गर्दै घटना बारे अनुसन्धान भईरहेको जनाएका छन ।