महेन्द्रनगर । आफ्नो पैतृक सम्पती (जग्गा) बेचेर राजनिति गर्दै आएका नेता हुन् पदम बोगटी । पदम बोगटी कस्तो छविका व्यक्ति हुन ? भनेर सोध्दा धेरैको जवाफ आउँछ इमान्दार, आफ्नो जग्गा बेचेर राजनिति गरिहेको व्यक्ति हुन् भन्ने । ४० वर्ष बढीको राजनितिक इतिहास बोकेका नेता बोगटी देश र जनताका अधिकारका लागि भएका विभिन्न आन्दोलनमा पटक–पटक जेल चलान भए । वि.सं.२०३६ सालमा कक्षा १० मा पढ्दा नेपाल विद्यार्थी संघमा आवद्ध भएर नेता बोगटीले आफ्नो राजनिति यात्रा शुरु गरे । २०४० सालमा विद्यार्थीका हक अधिकारका लागि गरिएको आन्दोलनमा उनी पक्राउ परे । त्यसपछि २०४५ सालमा नेविसंघको ५ औँ महाधिवेशनमा उनि नेविसंघको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । वि.सं. २०४६ सालको जनआन्दोलनमा उनले नेविसंघ महाकाली अञ्चलको नेतृत्व गरे ।

त्यहि जनआन्दोलनमा उनलाई गिरप्तार गरि जेल चलान गरियो । त्यसपछि २०४७ सालमा उनि नेविसंघ कञ्चनपुरको जिल्ला उप–सभापतिमा निर्वाचित भए । २०५० सालमा नेविसंघको छैठौँ महाधिवेशनमा निर्विरोध केन्द्रिय सदस्य चयन भए । नेपाली काँग्रेसको ११ औँ महाधिवेशमा उनि जिल्ला सदस्य भए लगतै जिल्ला सह–सचिवमा मनोनिति भए । त्यसपछि उनले निरन्तर १५ वर्ष जिल्ला सचिव भएर काम गरे । यो विचमा २०६२÷०६३ सालको जनआन्दोलमा समेत नेता बोगटी प्रत्यक्ष सहभागि भएका थिए । ०६२÷६३ को आन्दोलनमा पनि उनि पक्राउ परे । त्यो आन्दोलनमा देशभरी पहिलो पटक पक्राउ पर्ने मध्यका एक उनि थिए । लामो समय देश, जनता र विद्यार्थीका लागि राजनिति गरेका बोगटीले पहिलो पटक २०६४ सालमा सार्वजनिक पदमा बसेर काम गर्ने मौका पाए । २०६४ सालमा उनि तत्कालिन महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष भए । नगर विकासको अध्यक्षका रुपमा नेता बोगटीले इमान्दारीताका साथ गरेको कामको अहिलेपनि चार्चा हुने गरेको छ ।

महेन्द्रनगर नगर विकासको जग्गा जथाभावि विक्रिवितरण गरेको विषयमा बोगटी बाहेक नगर विकासका प्राय अन्य अध्यक्ष, कर्मचारी, मालपोत, नापीका प्रमुख र कर्मचारीहरुको नाममा मुद्धा परेको थियो । उनिहरुमाथी अहिलेपनि अनुसन्धान भइरहेको छ । पहिलो पटक (सार्वजनिक पद) नगर विकासको अध्यक्ष हुदाँ पनि लोभ, लालचमा नपरी इमान्दारीताका साथ काम गरेका कारण नेता बोगटीे नगर विकासको निर्विवाद अध्यक्षका रुपमा परिचित छन् । नगर विकासको अध्यक्ष हुदाँ त्यो बेला उनि सजिलै महेन्द्रनगरमा २÷३ वटा घरेडी बनाउन जोड्न सक्थ्ये तर उनले लोभ लालच गरेनन् । आफ्नो जग्गा बेचेर नै राजनिति गरिरहेका बोगटीले झण्डै साढे ४ विघा जग्गामध्ये २ विघा १८ कट्ठा जग्गा बेचिसकेका छन् । सार्वजनिक पदमा रहेको समय कतिपयले सम्पती जोडेका उदाहरणपनि छन् । तर नेता बोगटीले नगरप्रमुख भएपछि समेत जग्गा बेच्च छाडेनन् । २०७९ सालको स्थानिय तह निर्वाचन बाट भीमदत्त नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका बोगटीले मेयर भएपछि मात्रै साढे ४ कट्ठा जमिन बिक्रि गरेका छन् । यो बाट समेत अनुमान लगाउन सकिन्छ उनि कस्तो छविका व्यक्ति हुन् । नगरप्रमुख हुदाँ समेत आफ्नो पैतृक सम्पती बेचेर आफ्ना आवश्यकता पुर्ति गरिरहेका छन् । जसले सार्वजनिक पदमा रहदाँ समेत आफ्नो जग्गा (सम्पती) बेचेर राजनिति गरिरहेका छन्, जसले नगरप्रमुख हुदाँ समेत आफ्ना आफन्तलाई कहिकतै जागिर लगाएका छैनन्, जसले इमान्दरीताका साथ सक्दो काम गर्ने प्र¥यास गरिहेका छन्, उनकै घर केही अराजक समुहले तोडफोड र आगजनी गरिदिए । मंगलवार जेनजीको आन्दोलनका नाममा केही स्वार्थ तथा अराजक समुहले मेयर बोगटीको घरमा आगजनी गरे । स्थानिय नितु भट्टले सधै अरुलाई सहयोग गर्ने इमान्दार व्यक्तिको घरमा आगजनी गरिनु दुखःद भएको बताइन् । ‘सधैँ अरुलाई सहयोग गर्ने इमान्दार व्यक्तिको घरमा आगजनी गरिनु दुखद, मन रोएको छ ।’ उनले भनिन् ‘आफ्नो सम्पती बेचेर राजनिति गरिरहेका, स्वच्छ छवि भएका व्यक्तिको पनि जेनजी आन्दोलनका नाममा स्वार्थ र अराजक समुह जसले निजि सम्पतीमाथी तोडफोड गरे तिनिहरुलाई कारर्वाही गरिनुपर्छ ।’

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले मेयर बोगटीले अहिले सम्म एक रुपैया भष्ट्राचार गरेको प्रमाण ल्याउन चुनौती दिएका छन् । ‘जग्गा बेचेर राजनिति तथा आफ्नो गुजारा गर्दै आएका नेता बोगटीको घरमा सिलिण्डर पड्काएर आगजनी गरिएको छ ।’ उनले आन्दोलनकारीलाई प्रश्न गर्दै भने ‘के यही हो तपाईहरुको आन्दोलन ? के एक व्यक्तिले गलत गर्दा सबैले सजाय भोग्नुपर्छ ?’ अहिले सामाजिक संञ्जाल फेशबुकमा स्थानियहरुले पदम बोगटी जस्तो स्वच्छ छवि भएका व्यक्तिको घरमा आगजनी गरिनु दुखःद भएको भन्दैँ आगजनी गर्नेहरुलाई कारर्वाही गरिनुपर्ने माग राखिरहेका छन् । जेनजीको नाममा भएको अराजक गतिविधिको विरोध भइरहेको छ । ‘हाम्रो आन्दोलन शान्तीपूर्ण नै थियो । आगजनी व्यक्तिगत सम्पती लुटपाट हाम्रो उद्देश्य थिएन ।’ एक जना जेनजी समर्थकले भने ‘केही राजनितिक दलमा आस्था राख्ने र अराजक समुहले आफ्नो स्वार्थपूर्तिका लागि जेनजी आन्दोलनको गलत फाइदा उठाए ।’ उनकाअनुसार मान्छेका निजि घरभित्र प्रवेश गरि आन्दोलका नाममा केही अराजक व्यक्तिहरुले रुपैया, सुनचाँदी लुटपाट गरेको समेत देखियो । जेनजीको उद्देश्य कारागारमा रहेका कैदिबन्दी छुटाउनु थिएन तर केही व्यक्तिको स्वार्थ कैदिबन्दी छुटाउनु थियो, कसैको लुटपाट, कसैको आगजनी, कसैको राजनिति सबैका आ–आफ्ना स्वार्थ थिए । यतिबेला जेनजीको यो आन्दोलनका नाममा अराजक गतिविधि गर्नेहरुलाई कारर्वाही गरिनुपर्ने माग उठिरहेको छ ।

प्रतिक्रिया दिनुस