कञ्चनपु्र,
जंगली हात्तीको आक्र्रमणमा परेर एक युवक घाईते भएका छन । शनिबार साँझ हात्तीको बथानले आक्र्रमण गर्दा बेलडाँडी गाँउपालिका १कालिका टोलका ४७ बर्षिया डम्बर बहादुर विष्ट घाईते भएका हुन ।
कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको झरनासागर मध्यवर्ती सामुदायिक वन क्षेत्रको जंगलमा हात्तीको बथानले आक्र्रमण गर्दा विष्ट घाईते भएको बताए । विष्ट चाँन्देवदेखि बेलडाँडी साईकलमा घर आउने क्रममा हात्तीको आक्र्रमणमा परेका हुन । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । संगैका अर्का सहकर्मी भागेर बाँच्न सफल भएका थिए ।
घाईते विष्टको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रिर्फर गरिएको छ । यही महिना ८भदौँमा कृष्णपुर १ पुतली बजारका गणेश प्रशाद भट्टको घरमा क्षति गरेका हात्तीको बथानले २८ भदौँमा बेलडाँडी १ कालिका टोलका विष्टमाथि आक्र्रमण गरेको हो ।