केन्द्रीय सरकार मातहत रहेको एकमात्रै राष्ट्रिय अनुसन्धान बिभागमा आज भदौँ २९गतेदेखि रिक्त हुदैछ ।
बिभागिय प्रमुख मुख्य अनुसन्धान निर्देशकको पदमा हालको मर्यादा क्रममा पहिलो स्थानमा भएका ओम प्रकाश जोशी र कनिष्ठ रहेका टेकेन्द्र कार्की बिच सामान्य प्रतिस्पर्धा रहेको बिभागिय स्रोत ले जानकारी दिएको छ।सरल स्वभाव,बिभागिय काम प्रती प्रतिबद्ध रहेका जोशीले आफ्नो बिभागिय काम प्रतिको लगाव र प्रतिबद्दताको कारण देशका विभिन्न हिमाल,पहाड र तराईका जिल्लाहरु, सुरक्षा परिषदको सचिवालय ,भारत स्थित नेपाली दुताबास र प्रदेश कार्यालयहरमा सफलता पुर्वक सम्पन्न गरि हाल बिभागको प्रशासन र इन्टेलिजेन्स महाशाखाको जिम्मेवारी समेत सफलता पु्र्वक सम्पन्न गरिसक्नु भइ मुख्य अनुसन्धान को पदमा प्रवल दाबेदारको रुपमा आफुलाइ उभ्याउनु भएको छ।वहाका प्रतिद्वन्दी टेकेन्द्र कार्कि वहाँ भन्दा एस पी देखि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको पद सम्म आइपुग्दा कुल ५बर्ष भन्दा बढि सिनियर रहेको बिभागको बिश्वस्त श्रोतको भनाइ रहेको छ।अर्को तर्फ कर्णाली प्रदेशका उच्च स्तरका माओबादी नेताहरुसग विशेष सम्बन्ध रहेका , नभएको झुठो कुरालाई साचो बनाउन र चाकडी र चाप्लुसिका किङ मेकर ठानिने टेकेन्द्र कार्की बिच प्रतिस्पर्धा रहेको भनी मिडिया स्क्यान्डलको अस्वस्थ प्रतिस्पर्धाको दौड मा सामेल भएपनी जोशीलाई इमान्दार र बिभागिय काममा प्रतिबद्द अधिकाश कर्मचारीहरुको समर्थन रहेको श्रोतको भनाइ रहेको छ। श्रोतका अनुसार कार्कीले आफुलाइ अब्बल देखाउन विभिन्न स्क्याण्डलको सहारा लिदै आइरहेको जसमध्ये मिडियाको अत्यधिक दुरुपयोग गरेको पाइएको छ।
कार्की निकट श्रोत भन्छ उनलाई जसरी भए पनि जे गरेर भएपनी चिफको कुर्सी बस्नु छ,त्यसका लागि उनी जस्तोसुकै हतकन्डा अपनाउन पनि तयार भएर बिभागमा आफ्नो कामको कुनै पर्वाह नगरी बिहान देखि राती अबेर सम्म म्याराथन दौड दौडिरहेका छन।श्रोत भन्छ उनी जान र पुग्नु पर्ने सबै पार्टिका नेता कार्यकर्ता र उच्च पदस्थ कर्मचारी हरुको घरघर दैलो दैलो कुनै बाकी राखेका छिन।यति हुदा हुदैपनी उनी आफ्नो बढुवा हुने कुरामा बिस्वस्त नभै आरोप प्रत्यारोपमा उत्रिएका छ।बिश्वस्त सुत्र भन्छ उनी जति हेर्दा सरल जस्ता देखिए पनि साइक्लिङ प्रशासन मा अब्बल मानिन्छन।बिभाग श्रोत भन्छ यस्तो गरेर पदमा पुगेपछी उनले गर्ने र गर्नु पर्ने कुरा के पो बाकी रहन्छ र ? यस्ता ब्यक्तिलाइ पद दिनु भनेको बिभागको बर्बादी बाहेक केही होइन । जोशी सुदूरपश्चिम र कार्की कर्णाली प्रदेशका हुन । देशमै बेथिति बढिरहेको भन्दै जेनजी आन्दोलन चर्किएका बेला राअविमा पनि त्यसको प्रभाव परेको छ । थिति अनुरुप संगठन प्रमुख छान्नुपर्ने सुरक्षा विद, जानकार एव सरोकारवालाहरुको भनाई छ ।

