रमेश प्रशाद भट्ट
कञ्चनपुर,
मंगलबार कञ्चनपुरमा जेनजी आन्दोलन उग्र हिन्सात्मक नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा र कफ्यु जारी गरेको आदेश क्रमिक रुपमा हट्दै गएको छ ।
२४ भदौँ बिहान ११बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको थियो । सोही दिन राती १० बजेदेखि कफ्यु सहित नेपाली सेनाले देशभरको सुरक्षा जिम्मा लिएको थियो । पुर्व प्रधानन्यायाधिश शुशिला कार्की प्रधानमन्त्रीमा नियुक्तसंगै पछिल्लो राजनीतिक परिस्थित समान्य बन्दै गएपछि कञ्चनपुरमा कफ्यु हटाएको र २९भदौँ बिहान ५ बजेसम्म निषेधाज्ञा जारी रहेको जनाएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मुलुकको अवस्था केही सुधारोन्मुख हुँदै गएपछि जिल्लामा पनि कफ्यु हटाएको र आइतबार बिहानदेखि निषेधाज्ञा पनि जारी हुने बताए । निषेधाज्ञा हटेसंगै पाँचदिनदेखि असहज भएको जनजिवन समान्यतर्फ उन्मुख भईरहेको छ ।
स्थानीय प्रशासन ऐन ०२८ को दफा ६(१),६(३) र ६(क)अनुरुप अर्को सुचना जारी नहुँदासम्म कफ्यु र निषेधाज्ञा जारी गरिएको थियो । ६(क) अनुरुप कफ्यु आदेश हटाएको र ६(१र३)को आदेश शनिबार रातभर जारी रहने जनाएको छ ।
कञ्चनपुरमा २३भदौँमा शान्तिपुर्ण भएको जेनजी आन्दोलन, २४ भदौँ बिहान १० बजेदेखि उग्र बन्दै गएपछि जिल्ला सुरक्षा समितिले बिहान ११बजेदेखि लागु हुने गरेर कफ्यु आदेश जारी गरेको थियो । यद्यपी देशभर जस्तै कञ्चनपुरमा पनि आन्दोलन नियन्त्रण बाहिर गएपछि निजीघरदेखि सार्वजनिक सरकारी सरचना तोडफोड, आगजनी, लुटपाट भएको थियो ।