खडक रावल
कञ्चनपुर,
कञ्चनपुरको दोधाराचाँदनी नगरका जेनजी समुहका युवा विद्यार्थीले कुनैपनि कर्मचारी, जनप्रतिनिधी भ्रष्टाचार प्रमाणित भएर राजिनामा दिनुपर्ने माग अघि सारेका छन । आइतबार जेनजी समुहका युवा विद्यार्थीले नगरमा कर्मचारी, जनप्रतिनिधी भ्रष्टाचार प्रमाणित भएर राजिनामा दिनुपर्ने माग अघि सारेका हुन ।
जेनजी समुह दोधाराचाँदनीका अगुवा प्कास साउदले चार बुँदे माग अघि सारेर मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको बताए । साथै जनप्रतिनिधीले सम्पत्ती सार्वजनिक गर्नुपर्ने, आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने, कार्यपालिका बैठक प्रत्यक्ष लाईभ गर्नुपर्ने माग अघि सारेका छन । ज्ञापन पत्र बुझ्दै मेयर किशोर कुमार लिम्बुले जेनजी समुहले अघि सारेका सुशासनका विषयमा पालिकाले पुरै कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । भ्रष्टाचार एव कमिसनमा लिप्त कर्मचारी जनप्रतिनिधी सरकारी निकायबाट बचेपनि जेनजी समुहबाट भाग्ने छुट नहुने चेतावनी दिएका छन ।