कञ्चनपुर,
कञ्चनपुरको बेदकोट नगरपालिका ४ बैतडाका २७ बर्षिया नरेश धानुक मृत्यु प्रकरणमा एक जनप्रतिनिधी सहित चार जना पक्राउ परेका छन ।
शुक्रबार राती धानुकले आफ्नै घरको कोठामा फेसबुक लाईभ गरेर जनप्रतिनिधी सहितको नाम लिएर झुण्डिएर प्रण त्यागेका थिए ।
धानुकले बेदकोट नगरपालिका ४का वडा सदस्य अमर बोहरा सहित भोजराज पन्त, खेम बोहरा, जनक धानुक सहितको नाम लिदै उनीहरुले आफुलाई नाङगै बनाएर कुटपिट गरेको विषय उल्लेख गरेपछि झुण्डिन बाध्य भएको बताएका थिए ।
धानुकले फेसबुकमा गरेको लाईभकै आधारमा परिपरिवारले प्रहरीमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेर दिएका थिए । किटानकै आधारमा चारै जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रवक्ता सागर बोहराले किटानी चाहेरीका आधारमा वडा चारै जनालाई पक्राउ गरिएको बताए ।
धानुकले फेसबुक लाईमै आएर आफ्नै कोठामा झुण्डिएको भिडियो समाजिक सञ्जालमा भाईरल भईरहेको छ । झुण्डिनु अघिदेखि झुण्डितासम्मै फेसबुक लाईभमै आएर धानुकले आफुलाई काँग्रेस नेता एव बेदकोट ४ का वडा सदस्य अमर बोहराले जेनजी आन्दोलनमा गएको भन्दै कुटपिट गरेपछि मर्न बाध्य भएको र बोहरा समुहले जेनजी आन्दोलनमा जान्छन, भन्दै टाउकोमा प्रहारदेखि नाङगै बनाएर कुटपिट गरेपछि आफुलाई कसैले साथ नदिएको भन्दै झुण्डिन बाध्य भएको बताएका थिए । उनले आफुलाई कसैले पनि साथ नदिएको बताउँदै अन्तिममा गुडबाई, लाष्ट सर्ट भन्दै प्रण त्यागेका थिए । शनिबार धानुकको अन्त्येष्टी गरिएको छ । मृतक धानुककी दिदी हिरा रावल(धानुक)ले भाईलाई वडा सदस्य अमर बोहरा सहितले मदिरा सेवन गराएर जेनजी आन्दोलन जान्छन, भन्दै कुटपिट गरेको बताए । ‘मेरो भाईका दुई नाबालक छोराछोरी छन, श्रीमती पनि छ, ‘उनले भने, ‘जनप्रतिनिधी जस्तो जिम्मेबार व्यक्तिबाट मेरो भाईमाथि यस्तो अन्याय भयो ।’ उनले मृतक परिवारलाई न्याय दिनुपर्ने बताईन ।
धानुकको प्राण त्याग्ने निर्णयसंगै घर परिवार आफन्त शोकाकुल भएका छन । धानुकमाथि कसैले कुटपिट वा धाक धम्की दिएपनि सुरक्षाकर्मी, न्यायालय सहितका सरोकारवाला निकाय भएपनि आत्महत्या समस्याको समाधान नभएको भन्दै धारणा अभिव्यक्त गरिरहेका छन । बेदकोट नगरपालिका ४का वडाध्यक्ष नरेन्द्र बोहराले मृतक धानुक र वडा सदस्य अमर बोहरा सहितका स्थानीयविच जेनजी आन्दोलनमा विध्वङस गर्न नहुने बारे समान्य कुराकानीका विषयमा विवाद भएको बताए ।