कञ्चनपुर,
२४भदौँ(मंगलबार) जेनजी आन्दोलनले कञ्चनपुरका निजी एव सार्वजनिक सम्पत्तीमा आगजनी भयो । जेनजी समुहका नाममा भएको आन्दोलनकारीले तत्तकालिन गृहमन्त्री रमेश लेखकले २३भदौँ काठमाण्डौँमा भएको आन्दोलनमा नाबालकदेखि युवाको ज्यान लिएको आक्र्रोसमा लेखका दुवै घर जलाए, त्यसपछि अन्य दल, व्यक्तिका घर व्यवसायिक क्षेत्रमा आगजनी, तोडफोड गर्दै गए । जेनजीले आगजनी गरेका घरमा पुगेर कञ्चनपुरका स्थानीय एव राष्ट्रसेवक कर्मचारी अनिल चन्द आगामी निभाउन दौडिएका थिए । निजामती कर्मचारी चन्द कतिपनी नडराई सतिसाल झै आगो निभाउन खटिए । यसका साथै नापी, मालपोत, आन्तरिक राजस्व सहितका सरकारी कार्यालयमा आगो लगाउन गएका आन्दोलनकारी डाईभट गरिदिएका छन । साथै उनले निषेधाज्ञा, कफ्युको समयमा खटिएका सुरक्षाकर्मीलाई पानी, खाना खुवाएरका थिए । चन्दले सच्चा राष्ट्रसेवककोे काम गरेको नागरिकको भनाई छ । देशका यस्तै जनमुखी कर्मचारीको खाचो रहेको सर्वसाधारणको अपेक्षा छ ।