कञ्चनपुर,

जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा स्थानीयलाई एक गाँउपालिकाले राहत दिने भएको छ ।

बझाङ्कको दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मारिएका बझाङ्कमा स्थानीयलाई एक गाँउपालिकाले राहत दिने भएको हो ।

दुर्गाथली गाँउपालिका प्रमुख दिल बहादुर थापाले आन्दोलनमा मारिएका दुई जना बझाङ्कका युवाको परिवारलाई राहत दिने बताए । गाँउ प्रमुख थापाले दुर्गाथलीका भीम धामी र खपतडछान्नका सुबास बोहराको परिवारलाई नगद जनही १÷१लाख राहत स्वरुप दिने बताए । गाँउपालिकाले आइतबार एक सुचना जारी गर्दै देश र जनताका लागि उच्च बलिदानलाई स्मरण गर्दै धामी र बोहराको परिवारलाई राहत दिने घोषणा गरेको हो । सरकारले पनि मारिएकाहरुलाई राष्ट्रिय शहिद घोषणा गर्दैै जनही १०लाख राहत दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुस