किशोर तामाङ्क
कञ्चनपुर,
२४ भदौँ मंगलबार दिनभर कञ्चनपुर रणभूमिमा परिणतसंगै जिल्लाको दक्षिणी क्षेत्रमध्ये सबैभन्दा बढी क्षति पुर्नवास नगरपालिकामा भएकोे छ । जेनजी समुहका युवा विद्यार्थी आन्दोलनकारीले पुनर्वास नगरपालिकाले बढी क्षति पु¥याएका छन ।
दक्षिणी क्षेत्रमा रहेका बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पनुर्वास नगरपालिका मध्ये सबैभन्दा बढी पुनर्वास नगरपालिकामा बढी क्षति पु¥याएको छ । प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले लालझाडी गाँउपालिमा आन्दोलनकारीले निजी सार्वजनिक सम्पत्तीमा क्षति नपु¥याएको बताए । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले आन्दोलनकारीले पालिका मुलगेटमा प्रर्दशन र टायर बालेर बिरोध गरेको बताए । बेलौरी नगरपालिकामा आन्दोलनकारी टायर जलाएर बिरोध प्रर्दशन गर्दै करारमा राखिएका कर्मचारी हटाउन माग अघि सारेका थिए । तत्तकालिन काँग्रेस, एमाले नेतृत्वको सरकारले समाजिक सञ्जाल बन्द र भ्रष्टाचार बिरुद्धमा २३भदौँदेखि छेडिएको आन्दोलन अर्को दिन २४भदौँमा रणभूमिमै परिणत भएको थियो ।
निर्वाचन क्षेत्र १ बाट एमाले नेता तारालामा तामाङ्क प्रतिनिधी सभा सदस्य र प्रदेश १(क)बाट अर्का एमाले नेता एव सुप प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री बीर बहादुर थापा(पातल)को गृहनगरमा रहेको पुनर्वासमा सरकारी कार्यालय एव सवारी साधनमा ठुलो क्षति भएको हो ।
आन्दोलनकारीले समाजिक सञ्जाल बन्द गर्ने र भ्रष्टाचार गर्ने सरकार चाहिदैन भन्दै नगरपालिका लक्षित तोडफोड, आगजनी र केही साना बालबालिका, किशोर लुटपाटमा उत्रिएका भिडियो सार्वजनिक भईरहेका छन । नगरपालिका नगरपालिका कार्यालय सहित नगरपालिकामा स्कुटी, मोटरसाईकल, मेयर तोय प्रशाद शर्मा, उपमेयर भुलिया रानाले चढ्ने गाडीदेखिका अन्य सवारी साधनमा आगजनी गरेर श्रणभरमै खरानीमा परिणत भएका छन । आन्दोलनकारीले नगरपालिका भित्रका सबै कागजात, ईलेक्ट्रोनिक साधन, फर्निचर सहितका समाग्री बाहिर ल्याएर त्यही कोठाभित्रै जलाएका थिए । दर्ताचलानी, प्रमुख प्रशासकीय अधिकृत, उपमेयर, मेयर सहितका कर्मचारीका कार्यकक्षमै आगजनी गरिदिएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जेनजी आन्दोलनमा पुर्नवासमा त्रिभुवनबस्ती ईप्रका कार्यालयको मुलगेटदेखि नगरपालिका कार्यालय, सवारी साधनमाथि तोडफोड आगजनी गरिएको छ । पुनर्वास नगरका सवारी साधन सुपप्र ०१छ ३६७, से१झ २३० कार, सुपप्र ०१ ब२४२,मोसा, से१ब २८९, बा ९९ प १७०१, म१ब ६५१ सुपप्र ०१००२ ग १८शव बहान दमकल, से१ग ९९रोलर, से१द टेक्टरमा आगजनी गरेर नष्ट गरिदिएको प्रहरीले जनाएको छ । पुनर्वास नगरका सुचना अधिकारी धौलराम सार्कीले सुदुरपश्चिमै रहेका पालिका मध्ये पुर्नवासमा यो हदको क्षति कहीकतै नभएको बताए । ‘यही अवस्थामा सरसफाई गर्न मात्रै एक साता लाग्छ, ‘उनले भने, ‘काम गर्नका लागि न त कलम रह्यो, नत कागजपत्र, कम्प्युटर सबै स्रोत साधन नष्ट भएका छन ।’ आइतबारदेखि मुचुल्का संकलनको काम शुरु भएको उनले बताए ।
पुर्नवास नगरपालिका कार्यालयमा तोडफोड, आगजती, चोरी गर्ने बाह्य पालिकामा क्षेत्रमा मानिस नभई सोही नगरपालिका क्षेत्रको स्थानीयकोे भनाई छ । स्थानीय नागरिकको कर्मचारी र जनप्रतिनिधीप्रतिकोे आक्र्रोसको भएको समेत धारणा व्यक्त गरिरहेका छन । तर पालिकाले त्यस्तो नभई जेनजी आन्दोलनमा घुसपैठ गरेर विध्वङ मच्चाएको दावि गरिरहेको छ ।