महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रदान गर्दै आएको सहकारी पत्रकारिता पुरस्कार यस बर्ष पत्रकार मोहन बिष्टले पाएका छन् ।
कञ्चनपुर जिल्लाकै सबै भन्दा ठूलो सहकारी उदयदेव बहुउद्देश्यीय सहकारीले आफ्नो २७ औ बार्षिक साधारण सभाको अवसरमा पत्रकार बिष्टलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
मंगलबार सहकारीले सभामा प्रमुख अतिथि सहकारीका निवर्तमान अध्यक्ष बरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द र सहकारिका अध्यक्ष नारा जोशीले बिस्टलाई दोसल्ला ओढाएर प्रमाण पत्र र नगद रु ११ हजार पुरस्कार प्रदान गरे ।
पत्रकार बिष्ट जनक्रान्ति दैनिक र नया पत्रीका दैनिक पत्रिकामा जिल्ला रिपोर्टरका रुपमा कार्यरत छ्न । बेल्डाडी गाउपालिका १ का बिष्ट नेपाल पत्रकार महासंघ कन्चनपुरका कोषाध्यक्ष पनि हुन ।
उनले २०६८ देखि पत्रकारिता सुरु गरेका हुन । जिल्लामा कुनै पनि पत्रकारलाई समस्या पर्दा अग्रपंक्तिमा रहेर समस्याको समाधान गर्ने पत्रकारको रुपमा पनि विष्टलाई लिईन्छ ।
सहकारीले विगत तीन बर्ष देखि पत्रकारिता पुरस्कार दिन थालेको हो । अघिल्लोपटक पत्रकार रनि विवश र राजेन्द्र बिष्टलाई उक्त पुरस्कार प्रदान गरीएको थियो ।
सभामा ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको छ । सहकारीका अध्यक्ष नारा जोशीले अध्यक्षता गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष पूर्ण वहादुर चन्द प्रमुख अतिथि छ्न ।